8 years ago
March 22, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले दिएको जानकारी अनुसार नेपालले अप्रिल १ मा मलेसियासँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्न लागेको हो । त्यसअघि नेपालले एएफसी एसियन कपको छनोट चरण अन्तर्गत यमनसँग कतारमा खेल्दैछ । नेपाली टोली यमनसँगको खेलको तयारीमा व्यस्त छ ।
नेपाल र यमनबीचको खेल मार्च २७ मा हुँदैछ । नेपाली टोली यही आइतबार कतार प्रस्थान गर्दैछ । त्यसपछि नेपाली टोली मार्च २८ मा मलेसिया प्रस्थान गर्नेछ ।
दोहोरो पहेंलो कार्डको कारण प्रतिबन्धमा रहेका राष्ट्रिय टिमका उपकप्तान भरत खवास पनि टिमसँगै भ्रमणमा हुनेछ । भरतले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेल खेल्ने एन्फाले जनाइएको छ ।
नेपालले यमनविरुद्धको खेलको लागि मंगलबार २० सदस्यीय टोलीको घोषणा गरेको थियो । छनोटको समूह ‘एफ’ मा रहेको नेपाल दुई अंकसहित पुछारमा छ । तीन खेलमा हार बेहोरेको नेपालले दुई बराबरी खेलेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]