8 years ago
March 23, 2018
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले क्लबमा आफ्नो समयको अन्त्यको घोषणा गरेका छन् । इब्राहिमोभिच दुई सिजन अघि पेरिस सेन्ट जर्मन (पिएसजी) बाट युनाइटेड आएका थिए ।
पहिलो सिजन निकै राम्रो लयमा रहेका इब्राहिमोभिच दोस्रो सिजनमा भने चोटका कारण अधिकांश समय मैदान बाहिर नै देखा परे । ३६ वर्ष पुगेका इब्राहिमोभिचले युनाइटेडका लागि ५३ खेल खेल्दै २९ गोल गरेका थिए । उनले युनाइटेडमा छँदा युरोपा लिग, लिग कप र एफए कप जिते ।
इब्राहिमोभिचले आफ्नो इन्स्टाग्राममा लेखे, ” सबै ठूला र राम्रा कुराको अन्त्य हुन्छ र युनाइटेडमा दुई सुन्दर सिजनपछि मेरो पनि यहाँको समय समाप्त भएको छ ।”
उनले समर्थक, आफ्नो टिम, प्रशिक्षक, स्टाफ र आफूलाई क्लबमा साथ दिएका सबैलाई धन्यवाद व्यक्त गरे । इब्राहिमोभिच अब युनाइटेडपछि अमेरिकामा एलए ग्यालेक्सीसँग आबद्ध हुने भएका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]