8 years ago
March 27, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारीले माल्दिभ्समा जारी १८/३० महिला फुटसल फिस्टामा उच्च प्रदर्शनलाई जारी राखेकी छिन् । सावित्राको ह्याट्रिकको मद्दतमा पुलिस क्लबले सोमबार ओरेडोलाई ४–० ले हराएको छ ।
प्रतियोगितामा पुलिसले खेलका तीनै खेलमा सावित्राले गोल गरेकी छिन् । फाडुवा जाहिरले १६ औं मिनेटमा पुलिसको लागि पहिलो गोल गरेकी थिइन् । सावित्राले १८ औं, ३२ औं र ३९ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेकी थिइन् । ३ खेलमा सावित्राको गोल संख्या १२ पुगेको छ ।
उम्कोलाई ३–० ले हराएको खेलमा १ गोल गरेकी सावित्राले यसअघि इकोनोमिक डेभल्पमेन्टलाई १७–० ले हराउँदा ८ गोल गरेकी थिइन् । अघिल्लो खेलमा अर्की नेपाली खेलाडी अनिता बस्नेतले पनि गोल गरेकी थिइन् । माल्दिभ्समा सावित्रा र अनिताको यो दोस्रो सिजन हो ।
गत सिजन उनीहरुले माल्दिभ्स एयरपोर्ट कम्पनीबाट खेलेका थिए । दक्षिण एसियाकी उत्कृष्ट स्ट्राइकर मध्येकी एक सावित्रा गत वर्ष सोही प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । सावित्राले गत वर्ष प्रतियोगितामा ४ खेलमा १३ गोल गरेकी थिइन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]