default_image

8 years ago

March 28, 2018

अर्जेन्टिना विरुद्ध स्पेनको ६ गोल, जर्मनी ब्राजिलसँग पराजित

135 views

0 Bookmark

जुरिच (एजेन्सी) – गए राति अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत स्पेनले अर्जेन्टिनालाई ६-१ को स्कोरले स्तब्ध बनाएको छ । स्पेनका लागि इस्कोले ह्याट्रिक गरेका थिए ।

स्पेनले पहिलो हाफमा २-१ को अग्रता लिएको थियो भने दोस्रो हाफमा ४ गोल थप्दै अर्जेन्टिनालाई स्तब्ध बनायो । स्पेनका लागि इस्कोले ३ गोल गरेका थिए भने डिएगो कोस्टा, इआगो आस्पास र थियागोले एकएक गोल गरे । अर्जेन्टिनाका लागि डिफेन्डर निकोलास ओटामेन्डिले एक गोल गरेका थिए । यस खेलमा अर्जेन्टिनाका स्टार लियोनल मेस्सी पूर्ण फिट नभएकाले मैदानमा सामेल थिएनन् ।

त्यस्तै ग्याब्रियल जेससको गोलमा ब्राजिलले जर्मनीलाई १-० ले हराउन सफल रह्यो । पहिलो हाफमा म्यानचेस्टर सिटीका स्ट्राइकर जेससले गरेको गोलमार्फत जर्मनीले युरो २०१६ पछि आफ्नो पहिलो हार बेहोर्‍यो ।

यसैगरी इंग्ल्यान्ड र इटाली १-१ गोलमा रोकिए । इंग्ल्यान्डलाई पहिलो हाफमा जेमि भार्डीले अग्रता दिलाएका थिए तर खेलको अन्तिमतिर लोरेन्जो इन्सिन्याले गोल गर्दै टोलीलाई बराबरी दिलाए ।

त्यस्तै किलियन बाप्पेको दुई गोल र पल पोग्बाको सुन्दर फ्रिकिकमार्फत फ्रान्सले रुसलाई ३-१ ले हरायो । त्यस्तै अन्य खेलमा बेल्जियमले साउदी अरेबियालाई ४-० ले हरायो । बेल्जियमका लागि रोमेलु लुकाकुले दुई गोल गरे । केभिन डे ब्रुयनले एक तथा मिची ब्याटसुवायीले पनि एक गोल गरे ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.