default_image

8 years ago

March 28, 2018

रुस्लान थ्री स्टार मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा

104 views

0 Bookmark

दिपक न्यौपाने

बुटवल – रुस्लान थ्रीस्टार क्लब तेस्रो मदन भण्डारी अन्तराष्ट्रिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । रामनगरस्थित मानवज्ञान माविको मैदानमा बुधबार हिमालयन एफसी मलेसियालाई २–१ हराउँदै अन्तिम चारमा पुगेको हो ।

खेलको अन्तिम समयमा पुगेर थ्री स्टारले खेल उल्टाएको थियो । अजयी मार्टिन्सले इन्जुरी समयमा गोल गरेपछि थ्री स्टारले अघिल्लो चरणको यात्रा तय गरेको हो । माघको पहिलो साता धनगढीमा स म्पन्न नेपाल आइस सुदूरपश्चिमाञ्चल खप्तड गोल्ड कपमार्फत घरेलु फुटबलमा फर्केको थ्री स्टारले त्यसयता लगातार उच्च प्रदर्शन गर्दै आएको छ ।

थ्री स्टार यो सिजनको सर्वाधिक दोस्रो सफल टोली हो । बुधबार ८५ औं मिनेटमा थ्री स्टारले बराबरी गोल फर्काएको थियो । विदेशी खेलाडी लावलले थ्री स्टारका लागि बराबरी गोल गरेका थिए । त्यसअघि ८३ औं मिनेटमा तीर्थ बस्नेको गोलबाट हिमालयनले अग्रता लिएको थियो । तर, हिमालले अग्रतलाई २ मिनेट पनि टिकाउन सकेन ।

 इन्जुरी समयको पहिलो मिनेटमा मार्टिन्सले गोल गरेपछि थ्री स्टारको जित पक्का भएको हो । मार्टिन्स खेलको म्यान अफ दी म्याच घोषित भए । थ्री स्टारले यो सिजन मदन भण्डारी इटहरी गोल्ड कप, बुढासुब्बा गोल्ड कप र गत महिना तिलोत्तमा गोल्ड कप जितेको थियो । मोफसलको सर्वाधिक पुरस्कार राशीको मदन भण्डारी गोल्डकपको विजेताले १५ र दोस्रो हुने टोलीले ७ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

मदन भण्डारी गोल्डकपमा बुधबारको अन्तिम क्वार्टरफाइनल
पुलिसविरुद्ध मनाङ

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.