8 years ago
March 31, 2018
सर्लाही (हाम्रो खेलकुद) – विवादका कारण सर्लाहीको बागमतीमा जारी राजर्षी जनक फुटबल प्रतियोगिताको फाइनल स्थगित भएको छ । त्रिभुवन आर्मीविरुद्धको खेलमा शनिबार सुदूरपश्चिम ११ ले २–१ को अग्रता लिएको बेलामा झगडा र अर्को तिर आर्मीले खेल्न नमानेपछि खेल स्थगित भएको छ ।
खेल अन्तिम २० मिनेट बाँकी रहँदा खेल स्थगित भएको थियो । पहिलो हाफमा १–१ को बराबरीमा टुंगिएको खेलमा सुदूरपश्चिमले दोस्रो हाफमा अर्को गोल थपेको थियो । माधव भण्डारीको गोलमा सुदूरपश्चिमले अग्रता लिएको भने महेश चन्दको आत्मघाती गोलमा खेल बराबरीमा पुगेको थियो । पछि विनोद केसीको गोलमा सुदूरपश्चिमले पुनः अग्रता लिएको थियो ।
सुदूरपश्चिमका अध्यक्ष सुरेश हमालले आर्मी हार्ने अवस्थामा आएपछि आफ्नो खेलाडीलाई कुटपिट गरेको आरोप लगाएका छन् । ‘छ जना राष्ट्रिय खेलाडी भएको विभागिय टोलीको अनुशासन यस्तो छ,’ हमालले भने, ‘आरोन (विदेशी) लाई कुटपिट गरेपछि स्थिति तनाबग्रस्त बनेको थियो । पछि आर्मीले खेल्न मानेन र खेल स्थगित भएको हो । आरोनले रातो कार्ड पाएको केहि समयमै स्थिति तनाबग्रस्त बनेको थियो ।’
उता आर्मीका प्रशिक्षक नवीन न्यौपानेले सुरक्षाका कारण खेल्न नसक्ने भएपनि खेल त्याग्नु परेको बताए । ‘आरोनले रातो कार्ड पाएपछि नजिक रहेका हाम्रो खेलाडी दीनेश हेम्जनलाई उनले टाउकोले हानेपछि हाम्रा खेलाडीले पनि उनी माथि हात हालेका हुन् । त्यसपछि दर्शक मैदानमा छिरेर जर्ज प्रिन्स कार्की, बालकृष्णलाई हात हाले । स्थिति तनाबग्रस्त भयो,’ उनले भने, त्यसपछि मैदानमा प्रवेश गरेपछि रेफ्री सुदीश पाण्डेले हाम्रा तीन खेलाडी गोलकिपर विकेश कुथु, विकास तामाङ र दीपक गुरुङलाई रातो कार्ड दिएका थिए । ‘
रातो कार्डका विषयमा कप्तान भरत खवासले रेफ्री पाण्डेसँग सोध्ने क्रममा पुनः दर्शक मैदानमा प्रवेश गरेपछि खेल्न सुरक्षित नदेखिएपछि खेल छाडेको प्रशिक्षक न्यौपानेले बताए । झगडाका दौरान प्रहरीले लाठ्ठी चार्ज समेत गरेको थियो । सुदूरपश्चिमका अध्यक्ष हमाले आफुहरुलाई विजेता घोषित गर्नुपर्ने बताएका छन् । उनले भने, ‘आयोजकले भोली २ बजेका लागि बोलाएका छन् । हेरौं के हुन्छ ।’ आर्मीका प्रशिक्षक न्यौपानले खेल हुने अवस्थामा पनि आर्मीले खेल्ने सम्भावना कम रहेको बताएका छन् ।
फुटबलमा अनुशासित टोलीको छवि बनाएको आर्मीका खेलाडी पछिल्लो समय भने विवादमा पर्न थालेका छन् । गत महिना आयोजक झापाविरुद्ध झापा गोल्ड कपको फाइनलमा पनि विवाद भएपछि खेलको बीचमै कप्तान भरत खवासले खेलाडीलाई खेल छाड्न लगाएका थिए । केहि मिनेटपछि पुनः आर्मीका खेलाडी मैदान प्रवेश गरेपछि फाइनल सम्पन्न भएको थियो, जसमा आर्मी नै च्याम्पियन बनेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]