10 years ago
January 19, 2016
सुबोध श्रेष्ठ, काठमाडौँ
नेपालले बंगलादेशमा जारी बंगबन्धु गोल्डकपमा १३ खेल सम्मको जित विहिन यात्रालाई टुङ्ग्याउदै श्रीलंकामाथि १–० नतिजा आत्मसाथ गरेको छ ।
विमलको एकमात्र गोलले जित सुनिश्चित गरेको सो खेलमा अन्जन बिष्टको प्रदर्शन उतिक्कै राम्रो थियो| हुन त अन्जन हालको राष्ट्रिय टोलीमा एक महत्वपूर्ण खेलाडीको रुपमा उदाएका छन्| बंगलादेको मैत्रीपूर्ण खेलदेखि सबै खेलमा ९० मिनेट खेलेका अन्जन मिडफिल्ड र फरवार्ड दुवै भूमिकामा अब्बल छन्| मैदान बाहिर केही लजालु स्वभावका अञ्जन मैदान भित्र छिरे पछि एक जुझारु योद्धको रुपमा ढटेर खेल्छन् । बल माथिको उनको नियन्त्रण गज्जबकै हुने गर्छ । उनी भन्छन्, ‘जर्सी लाएर मैदान छिरेपछि त्यो जोश र हौसला आफै कहाँ बाट आउछ थाहै हुँदैन ।’
३१ अक्टोबर २०१४ मा फिलिपिन्सविरुद्धको खेलबाट राष्ट्रिय टोलीमा डेब्यू जनाएका अन्जनले अहिलेसम्म ९ क्याप जितिसकेका छन् । फिलिपिन्सविरुद्ध उनले ६१औं मिनेटमा सन्दिप राईलाई प्रतिस्थापन गरेका थिए । त्यसपछि विश्वकप छनोट खेलका लागि राष्ट्रिय टोलीमा स्थान बनाउन सफल अन्जन पुनेमा भएको भारतविरुद्धको मैत्रीपुर्ण खेल हुदै साफ च्याम्पियनसिपसम्म आइपुग्दा उनी टोलीको महत्वपुर्ण सदस्य बनिसकेका थिए ।
साफ यु १९ च्याम्पियनसिप फुटबलको पहिलो संस्करण जिताउन महत्वपुर्ण भुमिका खेलेका अन्जनसंग प्रतियोगिताको केही दिन पश्चात कुरा गर्दा उनी फुटबल खेल्न प्रेरित गर्ने काका सुमन भोम्जनलाई सम्झेर एक छिन भावुक बने ।
‘उहाँ मेरो लागि मार्गदर्शक हुनुहुन्थ्यो । मलाई यहाँसम्म आइपुग्न उहाँको ठुलो हात छ । मलाई हरेक क्षणमा हौसला प्रदान गर्ने उहाँ नै हुनुहन्थ्यो,’ गला अवरुद्ध बनाउदै अन्जनले भने, ‘तर, आज मेरो जिवनकै सबभन्दा खुशीको क्षणमा उहाँलाई अगाडी देख्न नपाऊँदा दुख लागेको छ । यती बेला मैले उहाँलाई धेरै मिस गरेको छु ।’
खेलकुद पत्रकारको पेशामा सक्रिय भोम्जनको बैशाख १२ गतेको भुकम्पमा परि निधन भएको थियो ।
बंगबन्धु गोल्डकपमा कुनै गोल नखाई अपारजित रहेको नेपालले आयोजक बंगलादेशविरुद्धको खेलमा अन्जनले पहिलो पल्ट राष्ट्रिय टोलीमा आफ्ना प्रेरक दाजु रन्जन विष्टसंगै खेल्ने मौका पाए ।
हुन त राष्ट्रिय टोलीबाट मैदानमा पहिलो पल्ट संगै भए पनि फुटबलमा यो पहिलो भने होइन । यी दाजुभाईले घरेलु लिग र अन्य प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लबको अग्रपंक्ति सम्हाल्दै आएका छन् । बंगलादेशविरुद्ध रन्जनको राष्ट्रिय टोलीमा डेब्यू खेल थियो ।
केही महिना अघि मात्र नेपालले २२ वर्षपघि फुटबलमा उपाधी खडेरीलाई टुङ्याउदै युवा टोलीले यु १९ साफ च्याम्पियनसिप को उपाधी उचालेको थियो । यसै ऐतिहासिक क्षणका एक पात्र हुन् अन्जन । प्रतियोगितामा उनले तीन गोल । जुन कप्तान विमल घर्तिमगरसंगै प्रतियोगितामा व्यक्तिगत सबैभन्दा धेरै गोल संख्या हो, जसमा दुई पेनाल्टी छन् । विमलले भुटानविरुद्धको खेलमा पेनाल्टी गुमाएपछि पेनाल्टी हान्ने जिम्मा उनको भागमा परेको थियो । जसलाई उनले पुर्ण सदुपयोग गरे ।
समुह ए मा रहेको नेपालले समुह चरणमा भुटान र बंगलादेशलाई पराजित गर्दै सेमिफानल यात्रा तय गरेको थियो । भुटानलाई ३–१ को सहज नतिजा निकाले पनि बंगलादेशविरुद्धको दोस्रो खेलमा ११औं मिनेटमा गोल खान पुगेको थियो तर १८ मिनेटमा अन्जनले पेनाल्टी गोलमा टोलीलाई बराबरीमा ल्याएका थिए ।
नेपाल समुह ए को विजेता बनेपछि शारिरिक रुपमा बलियो टोली अफगानिस्तानविरुद्ध सेमिफाइनल खेलेको थियो । जसमा अन्जनले सुन्दर हेड मार्फत गोल गर्दै टोलीलाई अग्रता दिएका थिए भने पेनाल्टीबाट गोल गर्दै नेपाललाई पहिलो हाफमा २–० को अग्रता दिलाए । अन्तत नेपालले ३–२ को नजिता निकाल्दै फाइनल पुगेको थियो ।
स्ट्राइकर पोजिसनबाट खेल्ने भए पनि नेपालको मिडफिल्ड चल्न नसकेको बेला उनी मिडमा झरेर टोलीमा सन्तुलन कायम गर्थे ।
उनले फुटबलमा आफ्नो प्रतिभा जसरी निखारेका छन् त्यस्तै उनले आफ्नो आवाजलाई पनि त्यति सुरिलो पारेका छन् । जति राम्रो फुटबल खेल्छन त्यती नै राम्रो उनी गाउछन पनि । फुटबल पछि उनको रुची हो गायन । रक गित सुन्न रुचाउने उनी नेपाथ्यका फ्यान हुन् । द ऐजको गित पनि उनलाई मन पर्छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]