8 years ago
April 1, 2018
काठमाडौं (हाम्रो खेलकुद)– नेपालमा विश्व फुटबल अझ त्यसमा पनि युरोपिन फुटबलको निकै चर्चा हुने गर्दछ । युरोपका स्थापित क्लब बार्सिलोना, रियल म्याड्रिड, चेल्सी, आर्सनल, लिभरपुल, म्यानचेस्टर युनाइटेडलगायत अन्य क्लबको नेपालमा फ्यान क्लबनै सक्रिय छन् । त्यहाँबाट पनि नेपाली समर्थकले युरोपिन फुटबललाई कति मन पराउन छन् अनुमान गर्न सकिन्छ ।
त्यस्तै समर्थक मध्येका एक विदितमान तुलाधार यहि साता सिंगापुरमा हुने रियल म्याड्रिड फाउन्डेसनको प्रशिक्षण क्याम्पमा सहभागी हुन जाँदैछन् । हुन त उनी बार्सिलोना र त्यसका सुपर स्टार लियोनल मेस्सीका खाट्टी समर्थक हुन् । उनलाई अवसर भने रियल म्याड्रिडको प्रशिक्षण क्याम्प जाने मिलेको छ ।
आइतबार आफ्नो विदाईमा आयोजना गरेको कार्यक्रममा मसिनो स्वरमा लजाउँदै १५ वर्षे विदितले भने, ‘म बार्सिलोना फ्यान हु । मलाई लियोनेल मेस्सी मनपर्छ ’ रोजबर्ड स्कुलमा कक्षा ८ मा अध्ययनरत विदितले भने, ‘तर, । रियल म्याड्रिडको खेलहरु पनि हेर्ने गर्दथे । म रियलको प्रशिक्षण क्याम्पमा जादैछु । धेरै नै उत्साहित छु । राम्रो खेलेर स्पेननै रियलको प्रशिक्षण लिने प्रयास गर्नेछु ।’
विदितले ग्रासरुट फुटसल एकेडेमी (जिएफए) सिंगापुरमा र अध्ययनरत स्कुल रोजडर्बमा नियमित प्रशिक्षण गर्दै आएको जानकारी दिए । प्रशिक्षण क्याम्प चैत २६ गतेबाट ३० गतेसम्म सिंगापुरमा सञ्चलान हुदैछ । जसका लागि विदित र उनका बुवा चैत २३ गते सिंगापुर प्रस्थान गर्नेछन् ।
गत जेठमा शुभारम्भ एजुकेशन एण्ड स्पोर्टस् टुर्सले रियल म्याड्रिड फाउन्डेसनको सहयोगमा रियल म्याड्रिड प्रशिक्षण शिविर सञ्चालन गरेको थियो । त्यहिबाट विदित छनोट भएका थिए ।
चोभारस्थित मोर्डन इण्डियन स्कुलको फुटबल मैदानमा भएको पाँच दिने प्रशिक्षण क्याम्पमा १८ वर्षमुनिका ७० विद्यार्थीहरुले सहभागिता जनाएका थिए । शिविर रियल म्याड्रिडका प्रशिक्षकद्धय ल्याण्डबुरु रोटेला र राफेल पालासियसले सञ्चालन गरेका थिए ।
विदाईमा रोजबर्ड स्कुलका प्रिन्सिपल दामोदर ढुंगानाले विदितको प्रतिभाले अवसर पाएको बताए । उनले विदितको सिंगापुर यात्रा रोजबर्ड स्कुलको मात्रा नभई राष्ट्रकै प्रतिष्ठा बढाउने विश्वास व्यक्त गरे । प्रिन्सिपल ढुंगानाले भोलिको लागि पनि अवसर प्राप्त होस् र सिंगापुरको यात्राको सफलताको कामना गरे ।
शुभारम्भका प्रवन्ध निर्देशक विजय कुमार खत्रीले अर्को संस्करणको प्रशिक्षण क्याम्प सेप्टेम्वर अक्टोवरमा गरिने जानकारी दिए । विदितको सिंगापुरको लागि लाग्ने खर्च विभिन्न प्रायोजकबाट संकलन गरिएको पनि जानकारी दिए । विदितलाई त्यहाँ निशुल्क प्रशिक्षण हुने जानकारी दिदै यात्रा र होटल लाग्ने झन्डै ५ लाख रुपैयाँ कम्पनीले खर्च गर्ने शुभारम्भका प्रबन्ध निर्देशक खत्रीले जानकारी दिए । जिएफएले विदितलाई शनिबार विदाई गरेको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]