8 years ago
April 20, 2018
रियो डी जनेरियो (एजेन्सी) – ब्राजिलियन फुटबल स्टार नेयमारले विश्व कपमा मोहोम्मद सालाह, फिलिप कौटिन्हो र इडेन हाजार्डले राम्रो प्रदर्शन गर्ने विश्वास लिएका छन्।
पिएसजीसँग फ्रेन्च लिग वोनबाट खेल्दा चोट लागेका नेयमार विश्व कपका लागि पूर्ण रुपमा फिट हुने आशा गरिएको छ । ब्राजिल यस विश्व कपको बलियो दाबेदार मध्ये एक हो।
“विश्व कपमा रोनाल्डो र मेस्सीमाथि सबैको नजर हुनेछ, त्यसबाहेक तपाईको विचारमा कुन खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गर्लान ?”, ब्राजिलमा भएको एक कार्यक्रममा नेयमारलाई प्रश्न गरियो।
त्यसको जवाफ दिँदै नेयमारले भने, ” विश्वका उत्कृष्ट टोली मात्र खेल्ने प्रतियोगिता भएकाले गर्दा यहाँ सबै उत्कृष्ट खेलाडी मात्र खेल्नेछन् “, उनले थपे, “तर मेरो विचारमा फिलिप कौटिन्हो र ग्याब्रिएल जिससले यस पटक ठूलो प्रभाव पार्नेछन् ।” बार्सिलोनाका मिडफिल्डर कौटिन्हो र म्यानचेस्टर सिटीका फरवार्ड जिसस दुवै ब्राजिलका हुन्।
उनले थपे, “सालाहको टोलीलाई सबैले कमजोर दाबेदारको रुपमा हेरेका छन्, तर उनले राम्रो प्रदर्शन गर्नेमा म विश्वस्त छु ।” विश्व कप छनोट अन्तर्गत सालाहको उच्च प्रदर्शनको मद्दतले इजिप्टले विश्व कपमा स्थान बनाएको थियो।
नेयमारले उरुग्वेका लुइस स्वारेज र बेल्जियमका इडेन हाजार्डले पनि यस प्रतियोगितामा राम्रो खेल्ने बताए, ” लुइस स्वारेज, इडेन हाजार्ड र केभिन डी ब्रुयिना(बेल्जियम) जस्ता प्रतिभाशाली खेलाडीहरु पनि छन्, आशा गरौँ यिनीहरुले ब्राजिलविरुद्ध राम्रो प्रदर्शन नगरुन् “, नेयमारले ठट्टा गरे।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]