default_image

8 years ago

April 20, 2018

वेङ्गरले सिजनको अन्त्यमा आर्सनल छाड्ने

89 views

0 Bookmark

लण्डन (एजेन्सी) – आर्सनलका प्रशिक्षक आर्सने वेङ्गरले सिजनको अन्त्यमा क्लब छाड्ने निर्णय गरेका छन्। आर्सनलको आधिकारिक वेबसाइट मार्फत वेङ्गरले उक्त निर्णय सार्वजनिक गरेका हुन्। 

आर्सनलसँगको २२ वर्षे सहकार्यपछि सिजनको अन्त्यसँगै ६८ वर्षीय फ्रान्सेली प्रशिक्षकले क्लब छाड्ने छन्। उनले आर्सनललाई तीन प्रिमियर लिग र सात एफए कपको उपाधि जिताएका छन्।

सन् १९९६ ओक्टोबर १ मा आर्सनलको प्रशिक्षक छानिएका वेङ्गर प्रिमियर लिगमा हाल सबै भन्दा पुराना प्रशिक्षक हुन्।

क्लबका अफिसियल वेबसाइटमा वेङ्गरले भने, “आर्सनलको प्रशिक्षकका रुपमा यति लामो समयसम्म सेवा गर्नपाउँदा म आभारी छु”, उनले थपे, “म क्लबका स्टाफ, खेलाडी र अफिसियलहरु प्रति आभारी छु।”

उनले क्लबका समर्थकहरुलाई क्लबलाई साथ् दिन पनि आग्रह गरे।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.