default_image

8 years ago

April 21, 2018

च्याम्पियन्स लिगमा बायर्न-रियलबीच अहिले सम्मको नतिजा

103 views

0 Bookmark

किभ (एजेन्सी) – च्याम्पियन्स लिगको सेमिफाइनलमा स्पेनको रियल म्याड्रिडले जर्मनीको बायर्न म्युनिखको सामना गर्दैछ। पहिलो लेग बायर्नको घरेलु मैदानमा बुधबार नेपाली समय अनुसार रातको १२:३० बजे सुरु हुँदैछ ।

real vs bayern

दुवै टोली युरोपियन फुटबलको बलियो शक्तिको रुपमा चिनिन्छन्। रियल प्रतियोगिताको साविक विजेता हो। रियलले कुल १२ पटक च्याम्पियन्स लिग उपाधि जितेको छ भने बायर्न ५ पटकको विजेता हो।

यसअघि बायर्न र रियल च्याम्पियन्स लिगमा २२ पटक भेटेका छन्। जसमध्ये बायर्नले ११ जित निकालेको छ भने रियलको नाममा ९ जित छ, त्यस्तै ९ खेलमा बराबरी खेलेका छन्। यी दुई टोली ६ पटक सेमिफाइनलमा भिडेका छन्, जसमा बायर्नले ४ पटक रियललाई पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ भने रियल २ पटक बायर्नलाई पराजित गर्न सफल भएको छ।

यी दुई टोलीबीच च्याम्पियन्स लिगमा पछिल्लो भेट २०१३/१४ को सेमिफाइनलमा भएको थियो। रियलले घरेलु मैदानमा १-० ले अग्रता लिँदै बायर्नको घरमा ४-० ले विजयी भएको थियो। यस भेटमा जर्मन क्लब त्यसै पराजयको बदला लिने दाउमा हुनेछ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.