8 years ago
April 21, 2018
वेस्ट ब्रोमविच (एजेन्सी) – लिभरपुलका इजिप्सियन फरवार्ड मोहम्मद सालाहले प्रिमियर लिगको सिजनमा सर्वाधिक गोल गर्ने कीर्तिमान बराबरी गरे पनि लिभरपुलले वेस्ट ब्रोमको घरेलु मैदानमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी खेलेको छ।
३८ खेलको प्रिमियर लिगमा एकै सिजनमा ३१ गोल गर्दै सालाहले यो कीर्तिमान बराबरी गरेका हुन्। यसअघि न्यूक्यासल युनाइटेडका लेजेन्ड एलेन सीयरर, म्यानचेस्टर युनाइटेडका क्रिस्टियानो रोनाल्डो र लिभरपुलका लुइस स्वारेजको नाममा एकै सिजनमा ३१ गोल गर्ने कीर्तिमान संयुक्त रुपमा थियो।
सीयररले १९९५-९६ , रोनाल्डोले २००७-०८ र लुइस स्वारेजले २०१२-१३ को सिजनमा ३१ गोल गरेका थिए। प्रिमियर लिगमा एक टोलीले ४२ खेल खेल्दा भने न्यूक्यासलका एलेन कोल (१९९३-९४) र ब्लाक्बर्न रोभार्सबाट खेल्दा (१९९४-९५) सीयररले ३४ गोल गरेका थिए।
सालाहले दोस्रो हाफको ७२ औं मिनेटमा एलेक्स ओक्सलेट च्याम्बरलेनको पासमा चिप गोल गर्दै लिभरपुललाई २-० को अग्रता दिलाउने क्रममा उक्त कीर्तिमानमा आफ्नो नाम लेखाएका थिए। त्यसअघि खेलको सुरुआतमा ड्यानी इङ्सले चौथो मिनेटमै लिभरपुललाई अग्रता दिलाएका थिए।
घरेलु टोलीले ७९ औं मिनेटमा जेक लिभरमोर र ८८ औं मिनेटमा सलोमोन रोनडनको गोलमा बराबरी गर्यो। लिभरपुलको तेस्रो स्थानमा ७१ अंक छ भने २५ अंक सहित लिगको पुछारमा रहेको वेस्ट ब्रोम रेलिगेसन हुने लगभग पक्का छ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]