8 years ago
April 23, 2018
लण्डन (एजेन्सी) – लिभरपुलका मोहम्मद सालाहले प्रोफेसनल फुटबलर्स एसोसिएसन (पिएफए) वर्षको उत्कृष्ट खेलाडी २०१७-१८ को उपाधि जितेका छन्।
इजिप्टका २५ वर्षीय विङर सालाहले म्यानचेस्टर सिटीका केभिन डी ब्रुएन, टोटेन्ह्यामका ह्यारी केन, सिटीका लेरोई साने, डेभिड सिल्भा र म्यानचेस्टर युनाइटेडका डेभिड डेह्यालाई पछि पार्दै उक्त उपाधि जितेका हुन्।
म्यानचेस्टर सिटीका सानेले वर्षको उत्कृष्ट यूवा खेलाडीको उपाधि जिते। त्यस्तै चेल्सीकी फ्रान किर्बी वर्षको उत्कृष्ट महिला खेलाडी तथा ब्रिस्टोल सिटीकी लौरेल हेम्प उत्कृष्ट महिला यूवा खेलाडी छानिए।
उक्त उपाधि पाएपछि सालाहले भने, “खेलाडीहरुको मतबाट छानिने भएकाले यस उपाधि पाउँदा म धेरै खुशी छु “, उनले थपे, “मैले चेल्सीमा अवसर पाइन तर मैले फर्किएर आफ्नो कौशलता देखाउनेमा म विश्वस्त थिए।”
सालाहले प्रिमियर लिगमा ३३ खेल खेल्दै ३१ गोल गरेका छन् भने लिभरपुलका लागि सबै प्रतियोगितामा गरेर ४६ खेलमा ४१ गोल गरिसकेका छन्।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]