default_image

8 years ago

April 23, 2018

“सालाहले ब्यालन डी’ओरमा ‘मेस्सी-रोनाल्डो’ क्रम तोड्न सक्ने”

92 views

0 Bookmark

लिभरपुल (एजेन्सी) – सन् २००८ यता ब्यालन डी’ओरले बार्सिलोनाका स्ट्राइकर लियोनल मेस्सी र रियल म्याड्रिडका फरवार्ड क्रिस्टियानो रोनाल्डो बाहेकको विजेता पाएको छैन। 

salah messi ronaldo

रोनाल्डोले २००८ मा म्यानचेस्टर युनाइटेडसँगको प्रदर्शनबाट यस उपाधि जितेयता मेस्सी र रोनाल्डोबीच यो उपाधि बाढिदै आएको छ। तर लिभरपुलका पूर्व खेलाडी लुइस गार्सियाका अनुसार यस पटक भने ब्यालन डी’ओरमा मेस्सी-रोनाल्डो बाहेक नँया खेलाडीले यो उपलब्धी हासिल गर्ने सम्भावना छ।

सालाहले यो सिजन अहिलेसम्म लिभरपुलबाट ४६ खेल खेल्दै ४१ गोल गरेका छन्। इजिप्टले सन् १९९० यता पहिलो पल्ट विश्व कपमा स्थान बनाउँदा सालाहको भूमिका महत्वपूर्ण रह्यो।

लिभरपुलले पछिल्लो पल्ट २००५-०६ मा च्याम्पियन्स लिग जित्दाका सदस्य गार्सिया सालाहले यसपटक ब्यालन डी’ओरमा जित्ने बलियो सम्भावना बोकेको विश्वास लिएका छन्। “सालाह यो सिजन प्रिमियरका सर्वोकृष्ट खेलाडी हुन्”, गार्सियाले भने, “लिभरपुलले च्याम्पियन्स लिग जितेमा सालाहले ब्यालन डी’ओर जित्ने बलियो सम्भावना रहनेछ।”

च्याम्पियन्स लिग सेमिफाइनलमा लिभरपुलले एएस रोमाको सामना गर्दैछ भने रियलले जर्मन क्लब बायर्न म्युनिखको सामना गर्नेछ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.