8 years ago
April 23, 2018
म्याड्रिड(एजेन्सी)– युरोपमा उच्च प्रदर्शन गर्ने खेलाडी मध्ये कतिपयले खेलजीवनको अन्त्य अमेरिका र चिनायाँ क्लबमा टुंगाउने गरेका छन् । इङ्ल्यान्डका पूर्व कप्तानद्वय डेभिड बेकह्याम, स्टेफन जेरार्डलगायत थ्रुपै त्यस्ता उदाहरण छन् ।
रियल म्याड्रिडका सुपर स्टार लुका मोड्रिचले पनि खेल जीवनको अन्त्य अमेरिका पुगेर हुन सक्ने अनुमान गरेका छन् । रियल जस्तो क्लबमा हरेक खेलमा उच्च प्रदर्शनको माग रहने भएकाले सधै त्यो सम्भावना नरहने सक्ने मोड्रिचले बताएका छन् । रियल जस्तो क्लबमा एक रुपताको प्रदर्शन गर्न कठिन हुने उनको अनुभव छ ।
यदि कसैले कमजोर ग¥यो भने उसको विकल्पमा अर्को खेलाडी बेन्चमा रहन्छ । त्यसले खेलाडीमाथि हरेक समय दबाब परिरहन्छ । ‘रियलमा हरेक खेलमा उत्तिकै उच्च प्रदर्शन गर्नुपर्दछ । अन्यथा यहाँ टिक्न कठिन हुन्छ,’ अन्तवार्ताका क्रममा मोड्रिचले भने । रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिग जित्ने योजना बनाएको पनि उनले सुनाए ।
‘उपाधि जोगाउने हामी पहिलो टोली हौं । यो साच्चै अच्चमको सफलता हो,’ उनले भने,‘हामीले दाबेदार भनिएका टोलीलाई पनि हराएका छौं । हामी सुखद अनुभव गरिरहेका छौं र च्याम्पियन्स लिगमा उच्च प्रदर्शन गरिरहेका छौं ।
भविष्यमा मेजर सकर लिग (एमएसएल) क्लबमा जाने सम्भावनाका बारेमा उनले भने,‘ भोली के हुन्छ कसलाई थाहा छ र ? ’रियलसँग अझै दुई वर्षको सम्झौता रहेका उनले थपे,‘म यहाँ खुसी छु । मैले जहिले पनि भन्दै आएको छु, सम्भव भएसम्म म यहि आफ्नो खेल जीवनको अन्त्य गर्न चाहन्छु ।
तर यदि त्यो भएन भने हुन सक्छ म एमएसएल जान सक्छु । त्यो समय आएपछि थाहा हुन्छ ।’बायर्न म्युनिखसँग बुधबार हुने च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा उनीबाट पनि रियलले उच्च प्रदर्शनको अपेक्षा गरेको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]