8 years ago
April 23, 2018
स्टकहोम (एजेन्सी) – स्विडेनका स्टार स्ट्राइकर ज्लाटान इब्राहिमोभिचले यूरो २०१६ यता अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएपनि उनले रुप विश्वकपमा राष्ट्रिय टोलीमा फर्कने ढोका खुलेको छ।
इब्राहिमोभिचले विभिन्न अन्तर्वार्तामा अप्रत्यक्ष रूपमा विश्व कपमा खेल्ने चाहना दर्शाएपछि स्विडेनका प्रशिक्षक जाने एन्डरसनले ३६ वर्षीय स्ट्राइकरलाई राष्ट्रिय टोलीमा स्थान दिने ढोका खोलेका छन्। राष्ट्रिय टोलीमा इब्राहिमोभिचलाई फर्काउन आफुले प्रयास नगर्ने तर इब्राहिमोभिचले उनलाई सम्पर्क गर्नु पर्ने बताएका छन्।
जर्मनको स्पोर्ट्स म्यागजिन किकरसँग एन्डरसनले भने, ‘ म इब्राहिमोभिचलाई राष्ट्रिय टोलीमा फर्कन आग्रह गर्दिन। तर उनले विचार परिवर्तन गर्दै खेल्ने इच्छा गरेमा मलाई सम्पर्क गर्नुपर्नेछ’ , उनले थपे, ‘सन्यास लिने उनको व्यक्तिगत चाहाना थियो। त्यसैले सन्यास लिएको कुनै एक खेलाडीलाई टोलीमा फर्कन फकाउनु भन्दा म अन्य उपलब्ध खेलाडीहरुबाट टोली बनाउँछु।’
जर्मनी, दक्षिण कोरिया र मेक्सिकोसँगै स्विडेन विश्व कपको समूह ‘एफ’ मा छ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]