default_image

8 years ago

April 24, 2018

‘नेयमार छिट्टै रियल जानेछन् ‘-रिभाल्डो

102 views

0 Bookmark

रियो दि जेनेरियो (एजेन्सी)– बार्सिलोना एवंम् ब्राजिलका महान खेलाडी रिभाल्डोले नेयमारको सरुवालाई थप बल लिने क्रममा उनी निकट भविष्यमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल म्याड्रिड जान सक्ने बताएका छन् ।

नेयमारले ठूलो क्लबमा खेल्नु पर्ने आवश्यकता रहेको औल्याउँदै रिभाल्डोले उनी बार्सिलोना फर्केने विकल्प नदेखिएकोले रियलनै उनका लागि उपयुक्त हुने बताएका छन् ।

पिएसजीमा नेयमारको सुरुवाका लागि कुनै सर्त छैन । त्यसको अर्थ रियलले पिएसजीले तिरेको रकम भन्दा बढी रकम तिरेर उनलाई किन्न सक्नेछ । युरोपियन च्याम्पियन्स लिगको साविक विजेताले नेयमारका लागि ठूलो रकम खर्च गर्ने सम्भावना पनि रहेको बताइएको छ ।

‘मैले पहिला पनि भनिसके नेयमार विश्वका उत्कृष्ट खेलाडी बन्न सक्छन् । तर पिएसजीमै रहेर त्यो सम्भावना कहिल्यै हुन्न । उनले पिएसजी छाड्नु पर्ने हुन्छ,’ ब्राजिलमा आयोजित एक कार्यक्रममा रिभाल्डोले भने, ‘इङ्ल्यान्ड, स्पेन, इटाली, जर्मनी भनेको फरक हो । म फुटबल प्रतिस्पर्धाको कुरा गरिरहेको छु । नेयमार बार्सिलोना फर्कने छैनन, किनकी त्यहाँको अवस्था उनका लागि धेरै कठिन छ ।’

उनले आफुले प्राप्त गरेको सुचना अनुसार नेयमार रियल जाने सम्भावना बढी रहेको बताए । उनले भने, ‘मलाई लाग्छ उनी रियल गएमा विश्वकै उत्कृष्ट खेलाडी बन्न सक्छन् ।’ चोटका कारण खेल्न नसक्नुअघि पिएसजीमा नेयमारले उच्च प्रदर्शन गरेका थिए । रसिया विश्व कपका लागि भने उनी पूर्णरुपमा फिट हुने अपेक्षा गरिएको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.