8 years ago
April 24, 2018
बार्सिलोना (एजेन्सी)– कमाईको ममलामा बार्सिलोनाका स्टार लियोन मेस्सीले रियल म्याड्रिडका स्टार क्रिस्टियानो रोनाल्डोलाई पछि पारेका छन् । फुटबलमा एक वर्षमा सर्वाधिक कमाउनेको सुचिमा शीर्षस्थानमा रहेका मेस्सीले पारिश्रमिक, बोनस र प्रायोजक सम्झौताबाट एक वर्षमा १ सय १० मिलियन पाउन्ड कमाइ गरेका छन् ।
३० वर्षे मेस्सी एक वर्षमा १ सय मिलियन पाउन्ड कमाई गर्ने पहिलो फुटबल खेलाडी बनेका छन् । वार्षिक रुपमा बढी कमाउने खेलाडीमा रोनाल्डो दोस्रो स्थानमा रहेका छन् । उनले एक वर्षमा ८२ मिलियन पाउन्ड कमाएका छन् ।
तेस्रो कमाई गर्नेमा नेयमार छन् । बार्सिलोनाका पूर्व स्टारले वर्षेमा ७१ मिलियन पाउन्ड आम्दानी गरेका छन् । उनी विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए ।
रियलकै गेराथ बेल बढी कमाई गर्ने खेलाडीको सुचिमा चौथो स्थानमा छन् । उनले ३९ मिलियन पाउन्ड कमाई गरेका छन् । पाँचौं स्थानमा बार्सिलोनाका जेरार्ड पिके छन् । उनले पारिश्रमिक र प्रायोजनबाट २५ मिलियन पाउन्ड कमाएका छन् ।
प्रशिक्षकहरुतर्फ बढी कमाउनेमा म्यानचेस्टर युनाइटेडका जोसे माउरिन्हो रहेका छन् । उनले यो वर्ष २३ मिलियन पाउन्ड कमाई गरेका छन् । चीनमा रहेका मार्सेलो लिप्पीले २० मिलियन पाउन्ड आम्दानी गर्दा एट्लेटिको म्याड्रिडका डिएगो सिम्वानले १९ मिलियन डलर पाउन्ड आम्दानी गरेका छन् ।
रियलका प्रशिक्षक जिनेदिन जिदानले यो वर्ष १८ मिलियन पाउन्ड कमाई गर्दा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीका पेप ग्वार्डिओलाले १७.५ मिलियन पाउन्ड कमाई गरेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]