default_image

8 years ago

April 25, 2018

रास्फर्डलाई रोनाल्डोको विशेष उपहार

106 views

0 Bookmark

म्याड्रिड (एजेन्सी) – म्यानचेस्टर युनाइटेडका युवा फरवार्ड मार्कस रास्फर्डलाई रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले विशेष उपहार दिएका छन् । निकै नजिकको सम्बन्ध रहेका यी दुई खेलाडीबीच यसअघि पनि उपहार आदान-प्रदान भएको थियो  ।

पाँच पटकका ब्यालन डि’अोर विजेता रोनाल्डो अहिले बायर्न म्युनिखविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको तयारीमा छन् । तर उनले त्यसअघि अाफ्नो पुरानो क्लबका युवा प्रतिभाको मनोबल उच्च राख्न लगातार उपहार दिइरहेका छन् । गत महिना उनले रास्फर्डलाई रोनाल्डोले नाइक एअर म्याक्स सीअार७ ९७ जुत्ता दिएका थिए ।

यसै साता टोटेनहम हट्सपरलाई हराउँदै युनाइटेड एफए कपको फाइनलमा प्रवेश गरेसँगै रोनाल्डोले अर्को उपहार पठाएका हुन् । रोनाल्डोले विशेष सन्देश लेख्दै अाफ्नो जर्सीमा हस्ताक्षर गरेर रास्फर्डलाई दिए । उनले रियल म्याड्रिडको घरेलु जर्सीमा ‘मार्कसको लागि, राम्रो काम जारी राख’ भन्ने संदेश लेखेर हस्ताक्षर गरेका छन् । रोनाल्डोको जर्सी हात पार्ने बितिक्कै रास्फर्डले खुसि हुँदै सामाजिक संजालमा तस्बिर राखेका थिए ।

विगत केहि सिजनयता उत्कृष्ट प्रदर्शन गरिरहेका युवा रास्फर्डले इंग्ल्यान्डको सिनियर टोलीबाट डेब्युमै गोल गरेका छन् । उनले म्यानचेस्टर युनाइटेडबाट पनि थुप्रै प्रतियोगिताको डेब्युमा गोल गरेका थिए । युवा अवस्थामै युनाइटेडको पहिलो रोजाईमा परेका रास्फर्डले एलेक्सिस सान्चेजको आगमनसँगै कम अवसर पाएका छन् ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.