default_image

8 years ago

April 25, 2018

‘म क्रिकेटको रोनाल्डो, डी भिलियर्स मेस्सी’ – विराट कोहली [भिडियोसहित]

175 views

0 Bookmark

बेंगलोर (एजेन्सी) – भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले भारतीय टेलिभिजनसँगको एक अन्तर्वार्तामा आफूलाई क्रिकेटको रोनाल्डो र दक्षिण अफ्रिकी ब्याट्सम्यान एबी डी भिलियर्सलाई मेसीसँग तुलना गरेका छन् । गत साता लिइएको अन्तर्वार्तामा बोल्दै कप्तान कोहलीले यस्तो अभिव्यक्ति दिएका हुन् ।

उनलाई चेन्नई सुपर किंग्स तथा वेस्ट इन्डिजका अलराउन्डर ड्वेन ब्राभोले रोनाल्डो भनेसँगै कोहलीले रोनाल्डोको कडा परिश्रम र आफूले करियरको यस क्षणसम्म आइपुग्दा गरेको परिश्रम हेर्दा दाँज्न मिल्ने रहेको बताए । यद्यपी उनले रोनाल्डोको शारीरिक बनोटसँग भने उनी निकै टाढा रहेको अभिव्यक्ति दिए । ‘मैले सुने अनुसार रोनाल्डोले आफ्नो करियरमा निकै कडा मिहिनेत गरेका छन् । उनले आफ्नो प्रदर्शन सुधार गर्न गरेको मिहिनेतले यहाँसम्म आइपुगेको मैले हेरेको छु । मैले पनि सुरुआतमा त्यसै गरेर आफ्नो खेल सुधार गरेको हुँ,’  कोहलीले भने ।

उनले मेसीको पनि प्रशंसा गर्दै मेसी प्राकृतिक रुपमा नै फुटबलका लागि बनेका र अन्य  खेलाडीभन्दा फरक रहेका बताए । उनले डी भिलियर्सलाई क्रिकेटको मेसीको रुपमा पनि तुलना गरे । ‘ हामीले खेलाडीमा प्राकृतिक रुपमा खेल्न सक्ने क्षमता बिरलै पाउँछौं । फुटबलमा मेस्सी र क्रिकेटमा एबी डी भिलियर्स यसका उदाहरण हुन् । हामीले दुवै खेलाडीले मैदानमा के गर्छन् भन्ने आफ्नै आँखाले देखेका छौं,’ कोहलीले थपे ।

डी भिलियर्सले भने यो सत्य नभएको बताउँदै आफुले कडा मिहिनेत गरेपनि आफ्नो खेल उकास्न नसकेको बताए । उनले कोहलीले लगातार आफ्नो स्टार उकास्दा आफू भने एकै स्थानमा अड्किएको अभिव्यक्ति दिए । डी भिलियर्सले कोहली रोनाल्डोभन्दा राम्रो रहेको बताएका थिए ।

भिडियो हेर्नुहोस:

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.