8 years ago
April 28, 2018
बार्सिलोना (एजेन्सी) – बार्सिलोनासँग २० वर्षभन्दा धेरै बिताएका मिडफिल्डर आन्द्रे इनियेस्टाले शुक्रबार सिजनको अन्त्यपछि क्लब छाड्ने आधिकारिक निर्णय सार्वजनिक गरे।
स्पेनका ३३ वर्षे मिडफिल्डरले बार्सिलोनासँगको लामो सहकार्यको अन्त्य सार्वजनिक गर्न आयोजना गरेको समारोहमा इनियेस्टाको परिवार, क्लबका स्टाफ र बार्सिलोनाको पहिलो रोजाइका सम्पूर्ण खेलाडीहरुको उपस्थित थिए। तर स्ट्राइकरद्वय लुइस स्वारेज र लियोनल मेस्सी भने उक्त समारोहमा देखा परेनन्।
इनियेस्टाको करियरको भावनात्मक क्षणमा स्वारेज र मेस्सी नहुनु आश्चर्यजनक रह्यो। तर व्यक्तिगत व्यस्तताको कारण स्वारेज र मेस्सी अनुपस्थिति रहेको क्लबले जानकारी दियो। इनियेस्टाको उक्त कार्यक्रम छोटो समयमा तय भएकाले समय जुधेको क्लबले बतायो। तीन घण्टाको छोटो सूचनामा कार्यक्रम तय भएको क्लबले जनाएको थियो।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]