default_image

10 years ago

August 26, 2015

एन्फाले टिकटको मुल्य बृद्धी गर्‍यो

254 views

0 Bookmark

अखिल नेपाल फूटबल संघ (एन्फा) ले यु-१९ साफको सेमिफाइनलको टिकटको मुल्य निर्धारन गरेको छ । टिकेटको मुल्य रु ३०० र रु ५०० तोकिएको छ । 

एन्फाले टिकेटको मुल्य बृद्धी गर्‍यो

एन्फाले टिकेटको मुल्य बृद्धी गर्‍यो

नेपाल समुह क को बिजेता हुँदै यु-१९ साफको सेमी फाइनल प्रवेस गरेको छ र अब भोली हुने पहिलो सेमिफाइनल खेलमा अफ्गानस्थानसँग फाइनल प्रवेशको लागि भिड्दैछ । उक्त खेलको लागि एन्फाले समुह चरणको भन्दा झाण्दै दुईगुना मुल्य बृद्धी गरेको छ । भोलिको टिकटको मुल्य भि.आई.पि तर्फ रु ५००  र  साधारण तर्फ  रु ३०० निर्धारण गरेकोछ । पहिलो चरणको खेलहरुमा टिकटको मुल्य २०० र ३०० तिरेर दर्शकहरुले खेल हेरेका थिए ।

अखिल नेपाल फूटबल संघ (एन्फा) ले यसरी मुल्य बृद्धी गरेको यो पहिलो पटक भने हैन । संघले नेपालले दोस्रो चरणमा पुगेको हरेक प्रतियोगितमा यसरीनै मुल्य बृद्धी गर्दै आएको छ । एन्फाले फाइनलको टिकट मुल्य बारेमा अहिले सम्म कुनै पनि प्रतिकृया दिएको छैन ।

२४ तरिखमा नेपालको खेलमा खेलको ३ घण्टा अगाडीनै सम्पूर्ण टिकट बिक्री भैसकेको थियो । भोली एन्फाले बिहान ९ बजे बाटनै टिकट बिक्री सुरु गर्ने जनाएको छ । सेमिफाइनलको पहिलो खेल नेपालले १२:३० मा खेल्दैछ ।

 

 

 

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.