8 years ago
May 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – अखिल नेपाल फुटबल संघ (एन्फा) का नवनिर्वाचित अध्यक्ष कर्मा छिरिङ शेर्पाले क्वालालुम्पुर स्थित एसियाली फुटबल महासंघ (एएफसी) को प्रधान कार्यालयमा महासचिव डाटो विन्सर जोनसँग भेटवार्ता गरेका छन्।
शेर्पासँगै एन्फाका महासचिव इन्द्रमान तुलाधर र उपाध्यक्ष पंकज नेम्बाङ सहितको टोलीले एएफसी प्रतिनिधिहरूसँग भेट गरे। विन्सरले एन्फालाई लिग कार्यक्रम तथा विकासका कार्यमा पूर्ण रुपमा सहयोग गर्ने विश्वास दिलाएका छन्।
“नेपाल सन् १९७१ देखि एएफसीको सदस्य हो। नेपाल दक्षिण एसियाको महत्वपूर्ण सदस्यमध्य एक हो। नेपाली फुटबलको विकासमा हामी सधैं साथ् दिनेछौं “,विन्सरले एएफसीको आधिकारिक वेबसाइटमा जनाएका छन् ।
लिग कुनै पनि देशको फुटबलको धड्कन रहेको र नेपालमा लिग सुचारु हुने खबरले एएफसी प्रोत्साहित रहेको विन्सरले बताए। करिब पाँच वर्षको अन्तरालपछि आउँदो असोजमा नँया कार्यसमितिले सहिद स्मारक ‘ए’ डिभिजन लिग गराउने निर्णय गरेको थियो। एएफसीले लिग सुचारु गर्न, नेपालको ग्रासरुट फुटबलको विकासमा मद्दत पुर्याउन र विभिन्न प्राविधिक प्रशिक्षणमा सहयोग गर्ने पनि प्रतिबद्दता जनाएको छ।
त्यस्तै एन्फाका अध्यक्ष शेर्पाले एएफसीलाई धन्यबाद दिँदै नेपाली फुटबलको विकासमा एन्फाले एएफसीको सहयोगको अपक्षा गरेको बताए।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]