8 years ago
May 26, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सबैभन्दा चर्चित तथा अपेक्षित फुटबल प्रतियोगिता फिफा विश्वकपको २१ औं संस्करण जुन १४ देखि रुसमा सुरु हुँदैछ । हाम्रो खेलकुद डटकमको यस ‘विश्वकपमा हेर्नलायक २० खेलाडी’ सुचीको नम्बर १८ मा रहेका छन् स्पेनका मिडफिल्डर डेभिड सिल्भा ।
म्यानचेस्टर सिटीका मिडफिल्डर डेभिड सिल्भाको २०१७/१८ सिजन निकै आकर्षक रह्यो । सबै प्रतियोगितामा १० गोल र ११ असिस्ट गर्दै उनले सिटीलाई उपाधि जिताउन तथा लिगमा १५ विभिन्न नयाँँ कीर्तिमान राख्न महत्त्वपूर्ण भुमिका खेले । मिडफिल्डमा केभिन डे ब्रुयनसँग उनले गरेको साझेदारी हेर्न लायक नै थियो ।
विश्वकपमा पनि सिल्भाको स्पेनको मिडफिल्डमा भुमिका उत्तिकै महत्त्वपूर्ण हुने छ । डिफेन्सबाट बल लिँदै मिडफिल्डबाट फरवार्डहरुसम्म पुर्याउने उनले भूमिका खेल्नेछन् । उनी आफ्नो रचनात्मक खेलकै लागि धेरै चिनिन्छन् ।
दिग्गज मिडफिल्डर आन्द्रेस इनिएस्टा शतप्रतिशत फिट नभएकाले र थियागो अलाकान्टारा, कोके, इस्को र मार्को एसेन्सियो लगायत खेलाडीहरु राष्ट्रिय टोलीमा तुलनात्मक रुपमा नयाँँ भएकाले सिल्भामा थप जिम्मेवारी आउने देखिन्छ ।
स्पेनले २०१० को विश्वकप जित्दा सिल्भा टोलीमा स्थापित भइसकेका थिएनन् । २०१२ को युरोमा भने उनले २ गोल र ३ असिस्ट गर्दै आफ्नो टोलीलाई उपाधि दिलाए । २०१४ को विश्वकपमा पनि उनले केवल १ खेल सुरुवात गर्न सके भने २०१६ को युरोकपमा स्पेनले खेलेको चारै खेलमा सिल्भा महत्त्वपूर्ण सदस्यका रुपमा उदाए ।
विश्वकप छनोटमा उनी टोलीका अभिन्न अङ्ग रहे । सिटीका लागि डिफेन्सिभ मिडफिल्ड, अट्याकिङ मिडफिल्ड र दायाँ विङमा खेलेकाले स्थितिले मागेअनुरुप उनी आफ्नो शैलीलाई ढाल्न सक्छन् । त्यसैले पनि दाबेदार मानिएको स्पेनको यस अभियानमा लयमा रहेका सिल्भाको भूमिका अति महत्त्वपूर्ण हुने छ ।
हेर्नुहोस् स्पेनको विश्वकपको अन्तिम टोली
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर १९
विश्वकपमा हेर्नलायक २० खेलाडी – नम्बर २०
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]