default_image

8 years ago

May 26, 2018

करियरकै पहिलो प्रमुख ट्रफीको प्रतिक्षामा सलाह

117 views

0 Bookmark

किभ (एजेन्सी) – च्याम्पियन्स लिग फाइनलमा लिभरपुलले रियल म्याड्रिडको सामना गर्दा धेरैको नजर दुई गोल मसिन क्रिस्टियानो रोनाल्डो र मोहम्मद सलाहमाथि रहनेछ।

salah liverpool

रोनाल्डो सम्मिलित रियल म्याड्रिडले आज राती नेपाली समयानुसार १२:३० मा लिभरपुलको सामना गर्दैछ। रोनाल्डो करियरको पाँचौ च्याम्पियन्स लिग उपाधि जित्ने प्रयासमा रहनेछन्।

रोनाल्डोले रियलबाट तीन च्याम्पियन्स लिग उपाधि जितिसकेका छन् । यता लिभरपुलका सलाह भने करियरकै पहिलो ठूलो ट्रफीको अपेक्षामा रहनेछन् । करियरकै अहिलेसम्मको उच्च लयमा रहेका २५ वर्षे ‘इजिप्सियन राजा’ को उपनाम पाएका सलाहले यो सिजन विभिन्न व्यक्तिगत उपाधिहरु जितिसकेका छन् । तर उनको प्रोफाइलमा कुनै प्रमुख ट्रफी भने छैन।

बासेलबाट दुईपटक स्विस लिगको उपाधि जितेपनि युरोपका ठूला क्लब रोमा, चेल्सी र लिभरपुलसँग समग्रमा ४ वर्ष बिताउँदा पनि उनले कुनै उपाधि जितेका छैनन् । राष्ट्रका लागि प्रमुख भूमिका निर्वाह गर्दै इजिप्टलाई २८ वर्षपछि विश्वकपमा स्थान दिलाएपनि  इजिप्टबाट पनि कुनै उपाधि भने जितेका छैनन् । २०१७ मा सलाह सम्मिलित इजिप्ट अफ्रिकन कप अफ नेसन्सको फाइनलमा क्यामरुनसँग पराजित भएको थियो ।

यो सिजन सलाहले ३६ खेलमा ३२ गोल गर्दै आफुलाई प्रिमियर लिगको सर्वोत्कृष्ट गोलकर्ताको रुपमा स्थापित गरे। तर लिभरपुलले चौथोस्थानमा लिग अन्त्य गर्यो। एफए कपको चौथो चरणमा वेस्ट ब्रोमसँग र इङ्लिस फुटबल लिगको तेस्रो चरणमा लेस्टर सिटीसँग पराजित लिभरपुलले दुवै प्रतियोगितामा अपेक्षित प्रदर्शन नगरेपछि यो सिजन च्याम्पियन्स लिग एकमात्र प्रतियोगिता हो जसमा सलाहलाई पहिलोपटक कुनै ठूलो उपाधि जित्ने मौका छ ।

युरोपमा सफल इतिहास बोकेको लिभरपुल ११ वर्ष पछि च्याम्पियन्स लिगको फाइनलमा पुग्दा सलाहको भूमिका असाधारण छ । उनले १० गोल गर्दै लिभरपुललाई फाइनलमा पुर्याउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्

के सलाह र लिभरपुलले रियललाई हराउँदै उपाधि जित्न सक्ला ? कमेन्ट गर्नुहोस ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.