8 years ago
May 27, 2018
लण्डन (एजेन्सी) – च्याम्पियनसिप प्ले-अफमा एस्टन भिल्लालाई १-० ले हराउँदै फुलह्याम प्रिमियर लिगमा उक्लिन सफल भएको छ ।
पहिलो हाफको २३ औं मिनेटमा रायन सेसेन्योनको पास सदुपयोग गर्दै कप्तान टम कायर्नीले फुलह्यामलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा फुलह्यामका डेनिस ओडोइले दोहोरो पहेलो कार्ड प्राप्त गर्दै मैदान बाहिरिए पनि फुलह्यामले आफ्नो अग्रता बचाउन सफल भएको हो ।
सिजनमा तेस्रो स्थानमा अन्त्य गरेको फुलह्यामले डर्बी काउन्टीलाई समग्रमा २-१ ले हराउंदै फाइनल प्रवेश गरेको थियो भने अर्को तर्फ एस्टन भिल्लाले मिडल्सब्रोलाई २-१ ले पराजित गरेको थियो ।
२०१८/१९ सिजनका लागि फुलह्यामसहित वुल्भरह्याम्पटन वान्डरर्स र कार्डिफ सिटी प्रमोट भएका छन् । अर्को तर्फ वेस्ट ब्रोम, स्टोक सिटी र स्वान्सी सिटी भने रेलिजेसनमा परेका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]