8 years ago
May 27, 2018
किभ (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिडमै रहने विश्वास क्लबका लेफ्ट ब्याक मार्सेलोले विश्वास व्यक्त गरेका छन् । रोनाल्डोले रियलमा रहने विषयमा शंका व्यक्त गरेपछि मार्सेलोको यस्तो प्रतिक्रिया आएको हो ।
लिभरपुललाई ३–१ ले हराउँदै शनिबार रियलले लगातार तेस्रो पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । दोस्रो हाफमा गेराथ बेलले २ गोल गरेपछि रियलको जित सम्भव भएको थियो । यद्दपी रोनाल्डोको प्रदर्शन भने सोचे अनुरुप हुन सकेन । यद्दपी टोलीलाई फाइनल सम्म पुर्याउन रोनाल्डोको भूमिका महत्वपूर्ण रहेको थियो ।
‘मलाई लाग्छ उनी क्लबमै रहनेछन् । तर मलाई त्यो विषयमा थाहा छैन ,’ ब्राजिलियन रक्षकले भने, ‘म निर्णय गर्ने मध्येको होइन । यो रोनाल्डो र क्लबबीचमा तय हुने विषय हो । तर मलाई लाग्छ उनी बस्नेछन् ।’
च्याम्पियन्स लिग फाइनल पछि रोनाल्डोले अर्को सिजन क्लबमा नरहन सक्ने संकेत गरेका थिए । यद्दपी उनले प्रष्ट पार्न चाहेनन् । उनले यति भने, ‘सबै विषयमा केहि दिनमा समर्थकहरुलाई जानकारी गराउने छु ।’
सन् २००९ मा म्यानचेस्टर युनाइटेडबाट रियल पुगेका रोनल्डोको उच्च प्रदर्शनमा क्लबले थुप्रै सफलता प्राप्त गरेको थियो । मैदान भित्र मात्र होइन रोनाल्डो ड्रेसिङ रुपमा पनि अन्य खेलाडीलाई उत्साहित पार्दै आएका छन् । यदि उनले क्लबमै बस्ने निर्णय गरे भने क्लबले तत्काल सम्झौता गर्ने अनुमान गरिएको छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]