default_image

10 years ago

January 31, 2016

ग्लोबल आईएमईबाट बंगबन्धु विजयी खेलाडी सम्मानित

168 views

0 Bookmark

काठमाडौं, माघ १७ । ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडद्वारा बंगबन्धु गोल्डकप विजयी खेलाडीहरु सम्मानित भएका छन् ।

fecilation of ime
ग्लोबल आईएमई बैंक लिमिटेड र आईएमई लिमिटेडले एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार एक कार्यक्रमको आयोजना गर्दै टोलीका सबै २७ सदस्य तथा पदाधिकारीहरुलाई जनही २५–२५ हजारका दरले एकमुष्ट रुपमा ६ लाख ७५ हजारले सम्मान गरेको हो ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् एन्फाका कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठले बंगबन्धु गोल्डकप विजयी खेलाडी तथा पदाधिकारीहरुलाई सम्मानित गरेकोमा आईएमईलाई संघको तर्फबाट धन्यवाद दिदै नेपाली खेलाडीहरु सम्मानको हकदार भएको बताए । ‘यस्ता खालका सम्मानले खेलाडीमा थप हौसला बढ्नेछ ।’ अध्यक्ष श्रेष्ठले भने, ‘भारतमा हुने आसन्न सागमा पनि यस्तै खालको जुझारु प्रदर्शन गर्दै तीन करोड नेपाली माझ अझै खुशी ल्याउन कोसिस गर ।’ उनले हरेक खेललाई नयाँ खेलको रुपमा सुरुआतको रुपमा लिएर साग जितेर आउन शुभकामना पनि दिए ।

यस्तै ग्लोबल आइएमईका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकालले आइएमईको यो सानो सम्मान भएको बताउदै आगमी दिनहरुमा खेलकुदका कुनै पनि गतिविधिमा सँगै हातेमालो गर्दै अघि जाने बताए । उनले आफ्नो बाल्यकाल स्मरण गर्दै पछिल्लो समयमा खलेमा रुचि बढ्दै गएको उल्लेख गर्दै खेल क्षेत्रमा आफु र र आँफु सम्बद्व कम्पनीले सहयोग गर्दै जाने बताए । साथै सोही अबसरमा ग्लोवल आईएमई बैकले कुनै पनि राष्ट्रिय टिमका खेलाडीलाई शुन्य मौज्दातमा खाता खोल्ने सुविधा र निशुल्क एटिएम कार्ड उपलब्भ गराउने घोषणा गरेको छ ।

बंगबन्धु गोल्डकप विजयी गराउने टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले यसरी सम्मानित गर्दै जादा थप हौसला मिलेको बताए । ‘यो म एक्लैले गर्दा पाएको सफलता हैन । यो सफलतमा मलाई साथ दिने सबैको हात छ ।’ प्रशिक्षक महर्जनले भने, ‘सबै टिमको स्प्रिटले नै सफलता मिलेको हो । यस्तो किसिमको सम्मानले थप उत्प्रेरित गर्दछ ।’ यस्तै टिमका कप्तान विराज महर्जनले फुटबल फ्यानका समर्थकको साथ र माया लिएर सागमा अझै यो भन्दा राम्रो गरेर देखाउने बताए ।
खेलाडी तथा पदाधिकारीहरुलाई अखिल नेपाल फुटबल संघ(एन्फा)का कार्यवहाक अध्यक्ष नरेन्द्र श्रेष्ठ, ग्लोबल आईएमईका कार्यकारी अध्यक्ष चन्द्र प्रसाद ढकाल, आईएमई लिमिटेडका कार्यकारी निर्देशक हेमराज ढकाल, एन्फाका सिइओ इन्द्रमान तुलाधर लगायतले सम्मानित गरेका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.