8 years ago
June 17, 2018
मस्को (एजेन्सी)– ब्राजिलियन सुपर स्टार नेयमारले आफुलाई विश्वको उत्कृष्ट खेलाडी भएको मात्र नभई लियोन मेस्सी र क्रिस्टियानो रोनाल्डो अर्कै ग्रहको खेलाडी भएको बताएका छन् ।
बार्सिलोनाबाट कीर्तिमानी रकम गत वर्ष पेरिस सेन्ट जर्मेन पुगेका नेयमार विश्वकै महंगा खेलाडी बनेका थिए । यद्दपी उनले आफ्नो लागि खर्च गरेको रकम बढी भएको स्वीकारेका छन् । केहि वर्षयता नेयमारलाई रोनाल्डो र मेस्सीसँग तुलना गरिदै आएको छ । यद्दपी पछिल्लो दश वर्ष बलोन डी ओर रोनाल्डो र मेस्सीले मात्र जित्दै आएका छन् । दुवैले अहिले सम्म समान ५ पटक जितिसककेका छन् ।
मेस्सी र रोनाल्डो भन्दा आफु पछि रहेको बुझेका नेयमारले भने, ‘क्रिस्टियानो रोनाल्डो र मेस्सी बाँकी सबैभन्दा फरक छन्,’ उनले भने, ‘अहिलेका लागि विश्वको खेलाडी म हु । उनीहरु अर्कै ग्रहका हुन् ।’ यति बेला मेस्सी, रोनाल्डोसहित नेयमार रुसमा जारी विश्वकपमा केन्द्रित छन् । अघिल्लो विश्व कपको सेमिफाइनलमा ब्राजिल ७–१ ले पराजित भएको थियो । चोटका कारण नेयमारले भने त्यो खेल गुमाएका थिए ।
यसपटक आइतबार स्विट्जरल्यान्डसँग खेल्दै ब्राजिलले विश्वकपको सुरुवात गर्दैछ । कोस्टा रिका र सर्बिया रहेको समूहबाट ब्राजिल सहजै नकआउट चरणमा पुग्ने अनुमान गरिएको छ । चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकपमा सेमिफाइनलबाट बाहिरिएपनि ब्राजिललाई सदाबहार दाबेदारका रुपमा हेरिन्छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]