8 years ago
June 17, 2018
मस्को (एजेन्सी)– कतिपयले यो विश्व कपलाई अर्जेन्टिनाका लियोनल मेस्सीको अन्तिम विश्व कपका रुपमा लिएका छन् । तर अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पोलीको तर्क भने फरक छ । उनको बुझाईमा मेस्सीको यो अन्तिम विश्व कप नहुन सक्दछ ।
यद्दपी बार्सिलोनाका स्टारले हिजो आइसल्यान्डसंग १-१ ले रोकिए तापनि यसै पटक विश्व कप जित्ने सपना पुरा गर्न सक्ने उनको अनुमान छ । सो खेलमा मेस्सी पेनाल्टीबाट पनि चुकेका थिए ।
अर्जेन्टिनाले विश्व कप जिते वा नजितेपछि मेस्सीले त्यसपछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने अनुमान गरिएको छ । मेस्सी आफैले पनि अन्तर्राष्ट्रिय फुटबललाई निरन्तरता दिने नदिने विषयमा केही बेलेका छैनन् । सन् २०१६ मा कोपा अमेरिकाको फाइनलमा पराजित भएपछि निकै दुखी बनेका मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका थिए । साम्पोली भने यो मेस्सीको अन्तिम विश्व कप हुने अस्वीकार गर्दछन् । क्षमतावान मेस्सी अझै पनि उच्च प्रदर्शन गरिरहेकाले सन्यासको विषयमा सोच्न आवश्यक नभएको बताउछन् ।
‘उनी एकदम फिट छन् । विश्व कपका लागि तयार पनि त्यस्तै छन् । अनी उनले यो पटक सपना पुरा हुने आशा गरेका छन्,’ सेभिल्ला र चिलीका पूर्व प्रशिक्षक साम्पोलीले भने, ‘उनी पूर्ण क्षमताका साथ खेलिरहेका छन् । उनीमाथि कुनै दबाब छैन । उनले दबाब दिन पनि आवश्यक छैन । किनकी उनको प्रदर्शनबाट समर्थक खुसी छन् ।’ मलाई लाग्दैन यो उनको अन्तिम विश्व कप हो ।’
‘उनको क्षमता र जसरी प्रदर्शन गर्दछन् त्यसबाट उनको समपर्ण प्रष्ट हुन्छ, उनले थपे, उनी विशेष छन् र विशेष खेल्छन् । मलाई लाग्दैन यो उनको अन्तिम हो ।’ यसपटक पनि अर्जेन्टिनाले विश्व कप जित्न सकेन भने पनि मेस्सीले कतारमा आयोजना हुने अर्को विश्व कप पनि खेल्नु पर्ने तर्क गर्नेपनि छन् । सम्भवत त्यो भने उनका लागि फुटबलको सबैभन्दा ठूलो उपाधि जित्ने अन्तिम अवसर हुनसक्दछ । तर, जारी विश्वकप पछि उनले सन्यास लिने अपेक्षा गरिएको छ । त्यसपछि भने उनी पूर्ण रुपमा बार्सिलोनाका लागि प्रतिबद्ध रहने समर्थकहरुले अपेक्षा गरेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]