default_image

8 years ago

June 16, 2018

विश्व कपमा पेरुमाथि डेनमार्कको जित

104 views

0 Bookmark

मस्को (एजेन्सी)– युसुफ युरारेको गोलमा डेनमार्कले विश्व कपको आफ्नो पहिलो खेलमा शनिबार पेरुलाई १–० हराएको छ । खेलको ५९ औं मिनेटमा युरारेले गरेको खेल निर्णायक बन्दा पेरु पहिलो खेलमा निराश बन्नु पर्यो ।

पहिलो हाफमा भिडियो असिस्टेन्ट रेफ्री (भिएआर) प्रणालीमा पेरुले पेनाल्टी पाएपनि गोल गर्न नसक्दा पराजित हुनु परेको हो । पहिलो हाफको अन्तिम मिनेटमा पाएको पेनाल्टी क्रिस्टियन कुयुभाले चुकाएका थिए । उनको प्रहार पोष्टको निकै माथिबाट बाहिरिएको थियो ।

युरारेले कुयुभालाई पेनाल्टी बक्समा फाउल हानेपछि पेरुले पेनाल्टी पाएको थियो । सुरुमा पेनाल्टी नदिएका गाम्बियाका रेफ्री बाकरी पापा गासामाले भिएआरपछि पेरुलाई पेनाल्टी दिएका थिए । पेरुले दोस्रो हाफमा पटक पटक गोलको अवसर पाएपनि सफलता भने पाउन सकेन ।

समूह ‘सी’मा फ्रान्स र डेनमार्कको समान ३ अंक भएको छ । पेरु र अस्ट्रलिया अंक बिहिन छन् । यसअघि आज भएकै खेलमा भिएआर प्रणालीमा फ्रान्सले गोल गरेको देखिएपछि अस्ट्रेलियालाई २–१ ले हराएको थियो ।

 

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.