8 years ago
June 17, 2018
रोस्टोभ (एजेन्सी) – विश्वकपको सबैभन्दा बलियो दाबेदार मानिएको ब्राजिल आज समूह ‘ई’मा आफ्नो पहिलो खेलमा स्विट्जरल्यान्डसंग भिड्दै छ । रोस्टोभ एरिनामा खेलिने सो खेल नेपाली समयअनुसार ११.४५ बजे सुरु हुने छ ।
सन् २०१३ मा ब्राजिल र स्विट्जरल्यान्ड पछिल्लो पटक मैत्रीपूर्ण खेलमा भेट्दा स्विट्जरल्यान्ड १-० ले विजयी भएको थियो । तर, अहिले ब्राजिलको टोली निकै फरक र ज्यादै बलियो रहेको छ ।
प्रशिक्षक टिटेले आफ्नो सुरुवाती ११ पनि सार्वजनिक गरिसकेका छन् । उनले अग्रपंक्तिमा विलियान, नेयमार र ग्याब्रियल जेससलाई खेलाउने छन् भने फिलिप कौटिन्हो मिडफिल्डमा सुरुवात गर्ने छन् । विश्वकप अघि घाइते भएका ड्यानी एल्भेसको स्थान ड्यानिलोले लिने छन् ।
ब्राजिलले हालै खेलिएको मैत्रीपूर्ण खेलमा अष्ट्रियालाई ३-० र क्रोएसियालाई २-० ले हराएको थियो । अर्को तर्फ, स्विट्जरल्यान्डको डिफेन्स पनि प्रतियोगितामा बलियो मध्ये एक रहेको छ । उसले आफ्नो पछिल्ला मैत्रीपूर्ण खेलमा जापानलाई २-० ले हराएको थियो भने स्पेनसंग १-१ ले रोकिएको थियो ।
पछिल्लो विश्वकपमा जर्मनीसंग सेमिफाइनलमा ७-१ ले पराजित ब्राजिल यस प्रतियोगितामा आक्रामक रणनीति अंगाल्ने छ र विश्वकप जित्ने अभियान बोकेको उसलाई स्विट्जरल्यान्डको बलियो डिफेन्स चुनौति पनि हुन सक्छ ।
हेर्नलायक खेलाडी
नेयमार (ब्राजिल)

रिकार्डो रोडिगेज (स्विट्जरल्यान्ड)

अनुमान
ब्राजिल २-० स्विट्जरल्यान्ड
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]