7 years ago
July 2, 2018
मस्को (एजेन्सी)- स्पेनका महान खेलाडी आन्द्रे इनियस्टाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आयोजक रसियासँग विश्व कपको प्रि क्वार्टरफाइनलमा आइतबार स्पेन टाइब्रेकरमा ४–३ ले पराजित भएको केहि समयपछि इनियस्टाले सन्यासको घोषणा गरेका हुन् ।
कप्तान समेत रहेका इनियस्टालाई रसियाविरुद्ध दोस्रो हाफमा मात्र मैदानमा उतारिएको थियो । विश्व कप अघि नै ३४ वर्षे इनियस्टाको यो अन्तिम विश्व कपका रुपमा हेरिएको थियो । विश्व कपबाट स्पेन बाहिरिएसँग उनले पनि अन्तर्राष्ट्रिय फुटबल अलग हुने निर्णय लिएका छन् ।
‘राष्ट्रिय टोलीका लागि यो मेरो अन्तिम खेल थियो । यो ठूलो मेलामा हाम्रो यात्रा टुंगिएको छ, ‘उनले भने, ‘तर यो ठूलो अवसरमा चाहेजस्तो गर्न सकेनौं ।’ उनले दुई दशक भन्दा लामो समय बिताएको बार्सिलोना छाडेर यहि सिजन जापानिज क्लबमा आबद्ध भएका थिए । सन् २००८ र २०१२ को युरोकप तथा २०१० को विश्वकप जित्दा इनियस्टाले महत्वपूर्ण प्रदर्शन गरेका थिए ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]