7 years ago
July 2, 2018
सामरा (एजेन्सी) – पाँच पटकको विश्वविजेता ब्राजिल छैटो विश्वकपको उपाधि रक्षाको लागि अहिले रसियामा रहेको छ ।
सुस्त शुरुवात गरेको ब्राजिल समूह ‘ईं’ को विजेताको रुपमा प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेको हो । यस्तोमा छैटौ उपाधि रक्षाको लागि ब्राजिलले सोमबार राति मेक्सिकोको सामना गर्दैछ । खेल सामारा स्टेडियममा साँझ ७ः४५ बजेपछि शुरु हुनेछ । अर्को तर्फ मेक्सिको समूह ‘एफ’ को उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल टोली हो ।
सुस्त शुरुवात गरेपनि ब्राजिलले पछिल्लो दुई खेलमा आफ्नो लय समाति सकेको छ । समूह चरणको पहिलो खेलमा ब्राजिल स्वीट्जरल्यानडसँग १–१ गोलको बराबरीमा रोकिएपनि त्यसपछि कोस्टारिका र सर्वियामाथि समान २–० का जित निकाल्दै आफ्नो दावेदारिता देखाएको छ ।
हरेक पोजिसनमा उत्तिकै अब्बल खेलाडी रहेको ब्राजिलको मुख्य आकर्षणको रुपमा ब्राजली युवा स्टार नेयमार रहेका छन् । तर, नेयमारले अपेक्षा अनुसार खेल्न भने सकिरहेको छैन ।
मुख्य गरी नेयमारको प्रेरणामा रहेको ब्राजिली टिममा यसपटक स्पेनिस क्लब बार्सिलोनाका फिलिपे कौटिन्होले गज्जवको प्रदर्शन गरिरहेका छन् । उनलाई गाब्रियल जेसस, विलियन, पाउलिन्हो र क्यासमिरोले साथ दिइरहेका छन् ।
आधुनिक फुटबलका दुई हस्ती मेस्सीको अर्जेन्टिना र सुपरस्टार क्रिस्टियानो रोनाल्डोको पोर्चुगल विश्वकपको अन्तिम १६ चरणबाटै बाहिरिएको अवस्थामा विश्वका महँगा स्टार नेयमारको ब्राजिल पनि अन्तिम १६ बाटै बाहिरिने हो कि ? भन्ने प्रश्न उब्जिरहँदा नेयमारमाथि थप दवाव बढेको छ । यस्तो अवस्थामा ब्राजिलले सचेत भएर खेल्ने पक्का छ ।
पछिल्लो समय ब्राजिलले आफ्नो छवि अनुसारको फुटबल खेलिरहेको छ । मेक्सिकोविरुद्ध पनि आफ्नो छवि अनुसारको खेल पस्कन सके ब्राजिलले सहज जित हात पार्नेछ । चोटका कारण अघिल्ला दुई खेल गुमाएका डिफेन्डर ड्यानिलोले टिममा पुनरागमन गर्नेछन् । सर्वियाविरुद्धको खेलमा चोट बोकेका लेफ्टक्याक मार्सेलोको अभाव टिमलाई हुनेछ । तर, उनको स्थानमा खेल्ने फिलिपे लुइजले पनि गज्जवको प्रदर्शन गरेका थिए । टिटे प्रशिक्षक भएर आएपछि ब्राजिलले एक खेलमा मात्र पराजित भएको छ ।
यता, मेक्सिको ब्राजिललाई स्तब्ध पार्दै अघिल्लो चरण पुग्ने योजनामा मैदान उत्रने पक्का छ । समूह चरणको पहिलो खेलमै विश्व विजेता जर्मनीलाई पराजित गरेर अघि बढेको मेक्सिको ब्राजिलविरुद्धको खेलमा पनि यही प्रदर्शनलाई निरन्तरता दिने योजनामा हुनेछ । तर, समूह चरणको अन्तिम खेलमा स्वीडेनसँग बेहोरेको ३–० को हारले मेक्सिको सचेत छ ।
त्यसैले मेक्सिको बलियो ब्राजिलविरुद्ध मैदान उत्रदा रक्षात्मक खेल्दै काउन्टर एट्याकमा ध्यान दिनेछ । मेक्सिकोको काउन्टर एट्याक उसको निकै बलियो पक्ष हो । जेभियर हर्नान्डेज (चिचारितो), हिर्भिङ लुजानो र कार्लाेस भेलाले जुनसुकै बेला पनि खेललाई परिवर्तन गर्न सक्ने क्षमता राख्दछन् ।
यस्तै गोलरक्षक गुल्लेर्मो ओचवाको उच्च प्रदर्शन पनि ब्राजिललाई टाउको दुखाई बन्न सक्छ । ओचावाले जर्मनविरुद्धको खेलमा उच्च प्रदर्शन गरेका थिए । सेन्टर ब्याक हेक्टर मोरेनोको अभाव भने मेक्सिकोलाई हुनेछ । मोरेनो समूह चरणका जर्मनी र स्वीडेनविरुद्धको खेलमा दोहोरो पहेलो कार्डका कारण एक खेलको प्रतिबन्धमा छन् ।
विश्वकपको १५ औं सहभागितामा १९७० र १९८६ को विश्वकपमा क्वार्टरफाइनलमा पुग्नु नै मेक्सिकोको सबैभन्दा ठुलो सफलता हो । त्यसयता मेक्सिकोले अन्तिम १६ मा स्थान बनाएपनि त्यसभन्दा अघि बढ्न सकेको छैन । यता पाँचपटकको च्याम्पियन ब्राजिल पछिल्लो विश्वकपमा सेमिफाइनलमा पुग्न सफल भएको थियो । त्यसअघिका दुई विश्वकपमा भने ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
ब्राजिल र मेक्सिको अहिलेसम्म २३ पटक आमने समाने भएका छन् । जसमध्ये ब्राजिलले १२ खेलमा जित हात पारेको छ भने, सात खेलमा मेक्सिको विजयी हुन सफल भएको छ । चार खेल बराबरीमा सकिएको इतिहास छ । पछिल्लोपटक यी दुई टिम बीच भएको सन् २०१५ को मैत्रीपूर्ण खेलमा ब्राजिल २–० ले विजयी भएको थियो । त्यसअघि २०१४ को विश्वकपको समूह चरणमा यी दुई टिमले गोलरहित बराबरी खेलेका थिए । २०१२ मा २–० ले हराएयता मेक्सिकोले ब्राजिललाई पराजित गर्न सकेको छैन ।
यस खेलको नतिजाको अनुमान लगाउनु होस् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]