default_image

7 years ago

July 2, 2018

सलाहको लिभरपुलमा सम्झौता नवीकरण, २०२३ सम्म लिभरपुलमै रहने

126 views

0 Bookmark

लन्डन (एजेन्सी) – इजिप्टका मोहम्मद सलाहले इंग्लिस क्लब लिभरपुलमा पाँचवर्षको सम्झौता नवीकरण गरेका छन् । नयाँ सम्झौता अनुसार सलाह २०२३ सम्म लिभरपुलमै रहनेछन् ।

Salah Liverpool

अघिल्लो सिजन उच्च प्रदर्शन गरेका सलाहलाई विभिन्न ठुला क्लबहरुले नजर लगाइरहँदा सलाहले लिभरपुलमै लामो समयको सम्झौता नवीकरण गरेका हुन् । उनको रिलिज क्लज पनि तोकिएको छैन ।

सलाहले लिभरपुलमा आएको पहिलो सिजनमै सनसनीपूर्ण प्रदर्शन गरेका थिए । इंग्लिस क्लब चेल्सीका पूर्व फरवार्ड सलाह इटालियन क्लब रोमाबाट अघिललो सिजन लिभरपुलमा आएका थिए । अघिल्लो सिजन सलाहले लिभरपुलबाट ५२ खेलमा ४४ गोल गर्न सफल भएका थिए । इजिप्टका सलाह प्रिमियर लिगका ३८ खेलमा ३२ गोल गर्दै गोल्डेन बुट जिन्त सफल भएका थिए ।

उनकै उच्च प्रदर्शनमा लिभरपुल आठवर्षपछि च्याम्पियन्स लिगको फाइनलमा पुग्न सफल भएको थियो । तर, २६ वर्षीय फरवार्ड फाइनल खेलमा घाइते भएपछि पुरा समय मैदानमा बिताउन पाएका थिएनन् । सो रियल म्याड्रिडविरुद्धको फाइनल खेल लिभरपुलले ३–१ ले गुमाएको थियो । विश्वकपमा पनि सलाह इजिप्टका लागि २ खेलमा २ गोल गर्न सफल भए ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.