7 years ago
July 3, 2018
लन्डन (एन्जेसी)– पूर्व कप्तान वायन रुनीले यसपटक इङ्ल्यान्डले विश्व कप जित्ने सम्भावना रहेको बताएका छन् । यदि त्यस्तो सम्भव भएमा सन् १९६६ को विजेताले फुटबलमा अर्को इतिहास रच्ने छ ।
जर्मनी समूह चरण तथा पोर्चुगल, अर्जेन्टिना, स्पेन जस्ता दाबेदार मानिएका टोली प्रि क्वार्टरफाइनलबाट बाहिएपछि विश्व जित्ने इङ्ल्यान्डका लागि अझै राम्रो सम्भावना रहेको रुनीको बुझाई छ ।
‘केहि ठूला टोली विश्व कपबाट बाहिरिसकेका छन् र यो वर्ष सायद इङ्ल्यान्डका लागि सुखद हुने अपेक्षा गर्न सकिन्छ । मलाई लाग्छ समूह चरणको दुई खेल टोलीले उत्कृष्ट खेल्यो,’ उनले भने, ‘युवा खेलाडीहरुमा निकै जोस र उच्च मनोबलका साथ खेलको छन् । गोल पनि त्यतिकै भएका छन् । इङ्ल्यान्डका समर्थकका लागि यो उत्साहजनक समय हो ।’
रुनीले बेल्जिम र इङ्ल्यान्डबीचको खेल दुवैले सायद जित्न नचाहेको पनि बताएका छन् । ‘त्यो खेल हार्नु विश्व कपमा अघि बढ्नु सायद त्यो इङ्ल्यान्डका लागि फाइदाजनक हुन सक्दछ,’ उनले भने, ‘मलाई लाग्छ यसले टोलीका लागि सहि ठाँउमा पुर्याएको छ ।’
सुरुका दुई खेल जितेको इङ्ल्यान्ड समूह चरणको अन्तिम खेलमा बेल्जियमसँग १–० ले पराजित भएको थियो । इङ्ल्यान्डले मंगलबार हुने प्रि क्वार्टरफाइनलको अन्तिम खेलमा कोलम्बियाको सामना गर्नेछ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]