7 years ago
July 4, 2018
स्पार्टाक (एजेन्सी) – विश्वकप अन्तिम १६ को अन्तिम खेलको पहिलो हाफमा इंग्ल्यान्ड र कोलम्बियाले गोलरहित बराबरी खेलेका छन् ।
इंग्ल्यान्डले खेलमा ५५ प्रतिशत पोजेसन राखेको छ भने कोलम्बियाले ४५ प्रतिशत । दुवै टोलीले पोस्टमा एकएक आक्रामण गरे पनि गोल भने गर्न असफल रहेका छन् ।
इंग्ल्यान्ड दुई खेल जित्दै र एक खेल गुमाउंदै समूह ‘जी’ को उपविजेताको रुपमा प्रि-क्वाटरफाइनलमा छनोट भएको हो भने कोलम्बियाले पनि दुई खेल जितेको छ र एक खेल गुमाएको छ । कोलम्बिया समूह ‘एच’ को विजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । आजको विजेताले अन्तिम ८ मा स्विडेनको सामना गर्ने छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]