default_image

7 years ago

July 4, 2018

इंग्ल्यान्ड र कोलम्बियाबीच १–१ बराबरी, थप ३० मिनेट खेल्नु पर्ने

106 views

0 Bookmark

स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड र कोलम्बियाबीच रसियामा जारी विश्व कप फुटबलको अन्तिम क्वार्टरफाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको छ । इन्जुरी समयको तेस्रो मिनेटमा येरी मिनाले हेडमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको छ । ५ मिनेट इन्जुरी समयको तेस्रो मिनेटमा कर्नरबाट आएको बलमा मिनाले हेड गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । अब खेल थप समयतर्फ गएको छ ।

 

त्यसअघि कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो । केनले ५७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । कार्लोस सान्चेजले आफुलाई पेनाल्टी बक्स भित्र फाउल हानेपछि प्राप्त पेनाल्टीमा केनले विना कुनै गल्ति गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यो गोलसँगै केनले उच्चकर्ताको अन्तरलाई फराकिलो बनाएका छन् । जारी विश्व कपमा उनको गोल संख्या ६ पुगेको छ ।यो खेलको विजेताले अब सेमिफाइनल प्रवेशका लागि स्विडेनको सामना गर्नेछ ।

यो खेलको समाप्तीसँग विश्व कप क्वार्टरफाइनलको समिकरण पुरा हुनेछ । यसअघि नै उरुग्वे, फ्रान्स, रसिया, क्रोएसिया, ब्राजिल, बेल्जियम र स्विडेन अन्तिम आठमा पुगेको थियो । क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्स, रसिया र क्रोएसिया, ब्राजिल र बेल्जियम तथा इंग्ल्यान्ड र कोलम्बियाबीचको विजेताले स्विडेनबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्यान्ड २ खेल जित्दै र १ खेल गुमाउंदै समूह ‘जी’ को उपविजेताको रुपमा प्रि क्वार्टरफाइनलमा छनोट भएको थियो । अर्कोतर्फ कोलम्बियाले पनि २ खेलमा जित र १ मा हारसहित समूह ‘एच’ को विजेता बनेको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.