default_image

7 years ago

July 4, 2018

इंग्ल्यान्ड विश्व कपको क्वार्टरफाइनलमा, टाइब्रेकरमा कोलम्बिया बाहिरियो

115 views

0 Bookmark

स्पार्टाक (एजेन्सी) – इंग्ल्यान्ड रसियामा जारी विश्व कप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । कोलम्बियालाई टाइब्रेकरमा ४–३ ले हराउँदै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो । विश्व कप इतिहासमा इंग्ल्यान्ड पेनाल्टी सुट आउटमा विजयी भएको यो पहिलो पटक हो । टाइब्रकेरको नायक रहे इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्ड । त्यसअघि इंग्ल्यान्ड र कोलम्बियाबीचको निर्धारित ९० र ३० थप समय खेल १–१ को बराबरीमा टुंगिएको थियो ।

 

पेनाल्टी सुटआउटमा सुरुका २–२ पेनाल्टीमा दुवै टोलीले गोल गरेका थिए । कोलम्बियाका कप्तान राडामेल फाल्काओले पहिलो पेनाल्टीमा गोल गर्न सफल भए । इंग्ल्यान्डका लागि कप्तान ह्यारी केनले पनि पेनाल्टीमा गोल गरे ।

दोस्रोमा कोलम्बियाका हुवा काड्राडोले र इंग्ल्यान्डका मार्कुस रासफोर्डले गोल गर्दा खेल टाइब्रकेरमा २–२ को बराबरी भएको थियो । तेस्रोमा कोलम्बियाका लुइस मुरियलले गोल गरे भने इंल्यान्डका जोर्डन हेन्डर्सनको प्रहारलाई कोलम्बियाका गोलकिपर डेभिड ओस्पिनाले रोके ।

कोलम्बियाका लागि चौथो पेनाल्टी प्रहार गरेका मेटेउस उरिबीको प्रहार पोस्टमा लाग्यो । इंग्ल्यान्डका केरन ट्रिपरले गोल गर्दै खेललाई ३–३ को बराबरीमा पुर्याए । कोलम्बियाका कार्लोस बाकाको प्रहारलाई इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डले रोके । इंग्ल्यान्डका लागि इरिक डियरले गोल गरेपछि टोली ४–३ ले विजयी भएको थियो ।

त्यसअघि इन्जुरी समयको तेस्रो मिनेटमा येरी मिनाले हेडमार्फत गोल गरेपछि खेल १–१ को बराबरीमा पुगेको थियो । कर्नरबाट आएको बलमा मिनाले हेडमार्फत गोल गर्दै कोलम्बियालाई खेलमा फर्काएका थिए । त्यसअघि कप्तान ह्यारी केनको पेनाल्टी गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो ।

केनले ५७ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए । कार्लोस सान्चेजले आफुलाई पेनाल्टी बक्स भित्र फाउल हानेपछि प्राप्त पेनाल्टीमा केनले विना कुनै गल्ति गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यो गोलसँगै केनले उच्चकर्ताको अन्तरलाई फराकिलो बनाएका छन् । जारी विश्व कपमा उनको गोल संख्या ६ पुगेको छ ।

यो खेलको विजेताले अब सेमिफाइनल प्रवेशका लागि स्विडेनको सामना गर्नेछ । यो खेलको समाप्तीसँग विश्व कप क्वार्टरफाइनलको समिकरण पुरा हुनेछ । यसअघि नै उरुग्वे, फ्रान्स, रसिया, क्रोएसिया, ब्राजिल, बेल्जियम र स्विडेन अन्तिम आठमा पुगेको थियो ।

क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्स, रसिया र क्रोएसिया, ब्राजिल र बेल्जियम तथा इंग्ल्यान्ड र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । इंग्ल्यान्ड २ खेल जित्दै र १ खेल गुमाउंदै समूह ‘जी’ को उपविजेताको रुपमा प्रि क्वार्टरफाइनलमा छनोट भएको थियो । अर्कोतर्फ कोलम्बियाले पनि २ खेलमा जित र १ मा हारसहित समूह ‘एच’ को विजेता बनेको थियो ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.