7 years ago
July 5, 2018
टुरिन (एजेन्सी) – केही दिन यता रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो युभेन्टस जाने हल्ला निकै चर्किएको छ । त्यस बीच युभेन्टसका निर्देशक बेप्पे मरोटाले त्यस विषयमा केही नबोल्ने बताएका छन् ।
रोनाल्डो युभेन्टस आउने हल्ला सांचो हो वा होइन भनेर मारोटालाई हिड्दै गर्दा सोध्दा उनले जवाफ दिए, “रोनाल्डो? अहिले म केही बोल्दिन ।” युभेन्टसले रियल म्याड्रिडलाई १ सय मिलियन युरोको प्रस्ताव राखेको खबर छ ।
३३-वर्षे फरवार्ड रोनाल्डो रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडमा उनले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन् । १ सय मिलियनमा रियल म्याड्रिड नमाने १ सय २० मिलियन युरो खर्चिन युभेन्टस तयार रहेको जनाइएको छ ।
रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको विभिन्न श्रोतहरुले जनाएका छन् । रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन युरो वार्षिक कमाउने छन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए ।
च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए । रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसंग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]