7 years ago
July 5, 2018
टुरिन (एजेन्सी) – रियल म्याड्रिडका सुपरस्टार क्रिस्टियानो रोनाल्डो इटालियन क्लब युभेन्टस जाने लगभग पक्का भएको छ । गोल डटकमका अनुसार उनले ४ वर्षको सम्झौतामा हस्ताक्षर गर्ने छन् ।
३३-वर्षे फरवार्ड रोनाल्डो रियल म्याड्रिडका सर्वाधिक गोलकर्ता हुन् । रियल म्याड्रिडमा उनले ४ पटक च्याम्पियन्स लिग पनि जितेका छन् । १ सय मिलियन युरो भनिएको सम्झौतामा युभेन्टस १ सय २० मिलियन युरोसम्म खर्चिन तयार रहेको जनाइएको छ ।
रियल म्याड्रिडले सो प्रस्ताव अहिले सोच्दै गरेको र सहमतिमा छिट्टै आउने पनि विभिन्न श्रोतहरुले जनाएका छन् । रोनाल्डो युभेन्टसमा सरुवा भए ३० मिलियन युरो वार्षिक कमाउने छन् । युभेन्टसले अघिल्लो साता रोनाल्डोको एजेन्टलाई पनि भेटेका थिए ।
च्याम्पियन्स लिगको उपाधि जितेपछि रोनाल्डो आफू रियल म्याड्रिडमा रहनेमा अनिश्चितता प्रकट गरेका थिए । रोनाल्डो भर्खरै विश्वकपबाट पोर्चुगलसंग बाहिरिएका हुन् । ४ खेलमा रोनाल्डो ४ गोल गर्न सफल भएका हुन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]