7 years ago
July 6, 2018
मस्को (एजेन्सी)– रसियामा जारी विश्वकपमा शुक्रबारबाट क्वार्टरफाइनल खेल सुरु हुँदैछन् । आज दुई क्वार्टरफाइनल खेल हुनेछन् । पहिलो क्वार्टरफाइनलमा उरुग्वे र फ्रान्सबीच हुनेछ । त्यस्तै अर्को अन्तिम आठको खेलमा ब्राजिलले बेल्जियमको सामना गर्नेछ ।
समूह चरणमा १ गोल पनि नखाएको उरुग्वेले अन्तिम १६ को खेलमा क्रिस्टियानो रोनाल्डोको पोर्चुगललाई २–१ ले हराएको थियो । अर्को तिर फ्रान्सले लियोन मेस्सीको अर्जेन्टिनालाई ४–३ ले पाखा लगाएको थियो । फ्रान्सका लागि युवा खेलाडी केलियन एमबाप्पे सबैभन्दा प्रभावकारी रहे । उनले २ गोल गरेका थिए ।
अर्को क्वार्टरफाइनलमा ब्राजिल र बेल्जियमले भिड्नेछन् । समूह विजेताका रुपमा अघि बढेका यी दुई टोलीमध्ये बेल्जियमको अन्तिम १६ को खेल निकै रोमाञ्चक र संघर्षपूर्ण रह्यो । जापानसँग दोस्रो हाफमा २–० ले पछि परेको खेलको इन्जुरी समयमा निर्णायक गोल गर्दै बेल्जियम ३–२ ले विजयी भएको थियो ।
त्यसको तुलनामा ब्राजिलको यात्रा सहज रह्यो । नेयमारको उच्च प्रदर्शनबाट प्रेरित ब्राजिलले मेक्सिकोलाई २–० ले हराएको थियो ।
विश्व कपमा आज हुने क्वार्टरफाइनल
पहिलो क्वार्टरफाइनल
उरुग्वे विरुद्ध फ्रान्स साँझ ७ः४५ बजे
दोस्रो क्वार्टरफाइनल
बेल्जियम विरुद्ध ब्राजिल राती ११ः४५ बजे
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]