7 years ago
July 6, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत पहिलो क्वाटरफाइनल खेलमा फ्रान्स र उरुग्वे भिड्दै छन् । पहिलो हाफसम्म फ्रान्सले १-० को अग्रता लिएको छ ।
फ्रान्सका लागि डिफेन्डर राफायल भरानले गोल गरे । खेलको ४० औं मिनेटमा एन्टोइन ग्रिजम्यानको फ्रिकिकमा हेडिङ गोल गर्दै भरानले फ्रान्सलाई अग्रता दिलाएका हुन् ।
समूह ‘सी’ को विजेताका रुपमा अन्तिमा १६ मा प्रवेश गरेको फ्रान्सले अर्जेन्टिनालाई ४-३ ले हराउंदै क्वाटरफाइनलको यात्रा तय गरेको हो । अर्को तर्फ, समूह ‘ए’ को विजेता रहेको उरुग्वे प्रि-क्वाटरफाइनलमा पोर्चुगललाई २-१ ले हराउन सफल भएको थियो । चोटका कारण आज उरुग्वेका स्टार स्ट्राइकर एडिन्सन काभानी आज टोलीमा छैनन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]