7 years ago
July 6, 2018
नोभगोरोड (एजेन्सी) – विश्वकप २०१८ को पहिलो क्वाटरफाइनलमा फ्रान्सले उरुग्वेलाई २-० ले हराएको छ । फ्रान्सका लागि राफायल भरान र एन्टोइन ग्रिजम्यानले गोल गर्न सफल रहे ।
खेलको ४० औं मिनेटमा फ्रान्स खेलमा अग्रता लिन सफल भएको हो । ग्रिजम्यानको फ्रिकिकमा भरानले हेडिङ गोल गर्दै टोलीलाई अग्रता दिलाए । फ्रान्स दोस्रो हाफमा पहि एक गोल गर्न सफल रह्यो ।
ग्रिजम्यानले बक्स बाहिरबाट गरेको प्रहार उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेराले नियन्त्रणमा लिन नसकेकोपछी सो प्रहार गोलमा परिणत भयो । सो गोलसंगै फ्रान्सले जित तथा सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
आज उरुग्वेका लागि उसका स्टार स्ट्राइकर एडिन्सन काभानी चोटका कारण उपस्थित थिएनन् जसको असर टोलीको प्रदर्शनमा पनि देखियो ।
अब फ्रान्सले ब्राजिल र बेल्जियमको विजेतासंग सेमिफाइनल खेल खेल्ने छ । ब्राजिल र बेल्जियमको खेल ११.४५ बजे सुरु हुने छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]