7 years ago
July 7, 2018
कजान (एजेन्सी) –विश्वकप २०१८ को दोस्रो क्वाटरफाइनल खेलमा ब्राजिल र बेल्जियम भिड्दै छन् । पहिलो हाफको अन्त्यसम्म बेल्जियमले २-० को अग्रता लिन सफल भएको छ ।
बेल्जियमले खेलको १३ औं मिनेटमा अग्रता लिन सफल भयो । नसिर चाड्लीको कर्नरमा फर्नान्डिनोको आत्मघाती गोलमा बेल्जियमले खेलमा अग्रता लियो । त्यस्तै ३१ औं मिनेटमा काउन्टर-अट्याकमार्फत बेल्जियमले आफ्नो अग्रता दोब्बर पार्यो ।
बेल्जियमका लागि केभिन डि ब्रुयनले गोल गरेका थिए । यस अघि फ्रान्सले उरुग्वेलाई २-० ले हराउन सफल भएको थियो । यस खेलको विजेताले सेमिफाइनलमा फ्रान्ससंग भिड्ने छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]