7 years ago
July 7, 2018
फिस्ट (एजेन्सी) – विश्वकप २०१८ अन्तर्गत अन्तिम क्वाटरफाइनल खेलमा क्रोएसिया र रुस भिड्दै छन् । सो खेल नेपाली समय अनुसार रातिको ११.४५ बजे सुरु हुने छ ।
समूह ‘डी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको क्रोएसियाले प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टीमा हराउन सफल रहेको थियो । आज क्रोएसियाका लागि डिफेन्डर इभान स्ट्रिनिच चोटका कारण खेल्ने पक्का छैन । डेनमार्क विरुद्धको जितमा उतारेको टोलीलाई नै क्रोएसियाले निरन्तरता दिने देखिएको छ ।
अर्को तर्फ, समूह ‘ए’ को उपविजेता रुसले अन्तिम १६ मा स्पेनलाई पेनाल्टीमा हराएको हो । स्पेन विरुद्ध रक्षात्मक शैली अप्नाए पनि आज केही आक्रामक शैलीसंग रुस उत्रिने देखिन्छ । डेनिस चेरिसेभ र युरी गाजिन्स्की सुरुवाती ११ मा फर्किने देखिन्छन् भने पहिलो खेलमा घाइते भएका एलन जागोएभ पनि फिट हुंदै छन् ।
यस प्रतियोगितामा कैयौं अप्रत्याशित नतिजाहरु आएकाले रुस अपराजित रहेको क्रोएसियासंग आफ्नो अवसर अवश्य देख्ने छ । क्रोएसिया भने सहज जितसहित सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गर्न चाहन्छ ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]