7 years ago
July 8, 2018
म्याड्रिड (एजेन्सी) – रियल म्याड्रिड तथा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो रियल म्याड्रिड छोड्दै इटालियन क्लब युभेन्टस जाने पक्का जस्तै भएको छ । रोनाल्डोलाई युभेन्टसले १ सय मिलियन युरोमा किन्ने र उनले वार्षिक ३० मिलियन कमाउने जनाइएको छ ।
यस्तोमा क्लबले रोनाल्डोको विकल्प सोच्नु पनि बुद्धिमानी नै हो । हालै गरिएको ‘अनलाइन पोल’मा सोही प्रश्न रियल म्याड्रिडका समर्थकहरुलाई सोधिएको थियो – ” रोनाल्डोको स्थानमा को चाहनु हुन्छ ?” त्यस प्रश्नको उत्तरमा एक नाम ज्यादै चुनियो – ब्राजिल तथा पिएसजीका स्टार नेयमार ।
लगभग ९० प्रतिशत समर्थहरुले नेयमारको नाम चुने भने चेल्सीका एडेन हाजार्ड र पिएसजीकै किलियन एम्बाप्पे अन्य रोजाई रहेको थियो ।बार्सिलोनाबाट अघिल्लो सिजन पिएसजी आएका नेयमारको रियल जाने हल्ला पनि चलिरहेकै छ तर उनी आफैले भने पिएसजीमै बस्ने संकेत दिएका थिए । विश्वकपमा नेयमारको प्रदर्शन भने सामान्य मात्र रहन सक्यो ।
अर्को तर्फ, विश्वकपमा राम्रो नाम कमाइरहेका एम्बाप्पे दोस्रो महंगो खेलाडीका रुपमा पिएसजीसंग अनुबन्धित हुंदै छन् । त्यस्तोमा चेल्सीका हाजार्ड रियलका लागि बलिया विकल्प हुन सक्छन् । बेल्जियमको कप्तान समेत रहेका हाजार्डले विश्वकपमा आकर्षक प्रदर्शन गरिरहेका छन् ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]