7 years ago
July 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – रुस विश्वकप २०१८ को सेमिफाइनल समिकरण पुरा भएको छ । अन्तिम ४ मा युरोपका मात्र चारवटा राष्ट्रहरु पुगेका छन् – फ्रान्स, बेल्जियम, इंग्ल्यान्ड र क्रोएसिया ।
समूह ‘सी’ को विजेताका रुपमा अन्तिम १६ प्रवेश गरेको फ्रान्सले अर्जेन्टिना र उरुग्वेलाई हराउंदै सेमिफाइनलमा स्थान बनाएको छ । उसले क्वाटरफाइनलमा दाबेदार ब्राजिललाई पराजित गरेको बेल्जियमको सामना गर्ने छ । बेल्जियम समूह ‘जी’ को विजेता रहेको थियो र क्वाटरफाइनलमा जापानलाई ३-२ को रोमाञ्चक खेलमा पराजित गरेको थियो ।
त्यस्तै बेल्जियम नै रहेको समूह ‘जी’ को उपविजेता इंग्ल्यान्ड कोलम्बिया र स्विडेनलाई पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान सुनिश्चित गरेको हो । गए राति आयोजक रुसलाई पेनाल्टीमा पराजित गरेको क्रोएसियासंग इंग्ल्यान्ड सेमिफाइनलमा भिड्ने छ । समूह ‘डी’ को विजेता क्रोएसियाले प्रि-क्वाटरफाइनलमा डेनमार्कलाई पेनाल्टीमै हराएको थियो ।
पहिलो सेमिफाइनल
फ्रान्स विरुद्ध बेल्जियम
मिति : जुलाई १०
समय : रातिको ११.४५ बजे
दोस्रो सेमिफाइनल
इंग्ल्यान्ड विरुद्ध क्रोएसिया
मिति : जुलाई ११
समय : रातिको ११.४५ बजे
विश्वकप २०१८ को उपाधि कसले जित्ला?
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]