7 years ago
July 8, 2018
पेरिस (एजेन्सी) – विश्व फुटबलका महान् गोलकिपर जियान्लुइजी बुफोन युभेन्ट्स छाडेर १ वर्षका लागि पिएसजी आएका छन् । आफ्नो सुनौलो करियरमा सबै उपाधि जितेका उनी च्याम्पियन्स लिग जित्न भने सकेका छैनन् ।
त्यसैले पिएसजीबाट च्याम्पियन्स लिग जित्ने बुफोनलाई यो अन्तिम अवसर हुने छ । इटालीका लागि १ सय ७६ क्याप जितेला बुफोन हिजो मात्र पिएसजीसंग आबद्ध भएका हुन् । १७ सिजन युभेन्टसमा बिताएका बुफोनले मेमा भेरोनाविरुद्धको २-१ जितमा क्लबका लागि अन्तिम खेल खेलेका थिए ।
“मैले आफ्नो पुरै खेल जीवन इटालीमै बिताए । अहिले म पिएसजीमा आएको छु । मलाई थाहा छ पिएसजीका समर्थकहरु के चाहन्छन् मैले बुझेको छु र त्यसका लागि मैले आफ्नो अनुभव र उर्जा पिएसजीलाई दिने छु ,” बुफोनले बताए ।
केही वर्ष यता पिएसजी युरोपमा फुटबल शक्तिका रुपमा उदाएका छन् । नेयमार, किलियन एम्बाप्पे र एडिन्सन काभानी सम्मिलित अग्रपंक्ति रहेको पिएसजी अघिल्लो सिजन रियल म्याड्रिडसंग ५-२ ले एग्रिगेटमा पराजित हुंदै च्याम्पियन्स लिग अन्तिम १६ बाट बाहिरिएको थियो ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]