7 years ago
July 8, 2018
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोले आफु युभेन्ट्स जान चाहेको रियल म्याड्रिडलाई जानकारी दिएको गुलिम बालाग्युले बताएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले पाँच पटकको बालोन डि ओर विजेता रोनाल्डोका लागि रियलमा ८८ मिलियन पाउने प्रस्ताव गरेको बताइको छ ।
स्पेनिस फुटबल विश्लेषक बालाग्युले रोनाल्डो टुरिन जान चाहेको र रियलले पनि उनलाई जान दिने वातावरणका लागि तयारी थालेको बताएका छन् । पोर्चुगिज कप्तानले रियलमा सफलतापूर्वक नौ सिजन बिताइसकेका छन् ।
‘रियल र रोनाल्डोलाई एकअर्काको मनसाय राम्ररी थाहा छ ,’ बालाग्युले भने,’ रोनाल्डोका प्रतिनिधि र रियलबीच छलफल भएको छ । त्यहाँ उनी जान चाहेको बताइएको छ । रियलले पनि युभेन्ट्सको प्रभावलाई सकारात्मक रुपले लिएको छ ।’
बोलाग्युका अनुसार युभेन्ट्सले जार्ज मेन्डिस र रोनाल्डोलाई चार वर्षको सम्झौता र बार्षिक ३० मिलियन युरोको प्रस्ताव गरेको छ । मेन्डिस रोनाल्डोको एजेन्ट हुन् । युभेन्ट्स, रियल र मेन्डिसकाबीच थप छलफल हुने तय भएको बताइएको छ । मेन्डिसले रोनाल्डो रियलप्रति अभारी रहेको र नौं वर्ष लामो यात्रा निकै सुखद रहेको अनुभव गरेको बताएका छन् ।
‘यदि यो सम्झौता भयो भने नयाँ चरणमा प्रवेश हुनेछ । नयाँ चुनौति र बाँकी खेल जीवनका लागि यो महत्वपूर्ण हुनेछ,’ मेन्डिसले भने, ‘रोनाल्डोले रियल छाडेपनि उनी क्लब, यसका अध्यक्ष, निर्देशक, अन्य स्टाफ, खेलाडी र समर्थकप्रति आभारी रहनेछन् ।’
युभेन्ट्सका प्रबन्ध निर्देशक गुसिप्पी मोराटाले पनि रोनाल्डोको सुरुवा हुने सम्भावना रहेको बताएका छन् । ‘युभेन्ट्स समर्थकलेले रोनाल्डोलाई लिएर सपना देख्न थालेका छन्,’ उनले भने, ‘तर अहिले यो विषयमा धेरै नबोलौं ।’
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]